विद्यार्थी बोकेको बस दुर्घटना हुँदा चालक र एक आठ वर्षीय बालकको ज्यान गएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
विद्यालयको छुट्टी सकेर घर जाने क्रममा भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलको बस दुर्घटना भएको थियाे ।
त्यसैगरी सुर्खेतबाट भारतको प्रयागराज महाकुम्भमा गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
बबई – हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर – पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको छ ।
घाइते मध्ये छ जनाको अवस्था गम्भीर रहेकाे छ । भने ३० जना सामान्य उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको थियाे।
प्रतिक्रिया