बीरगंज २८ माघ। भक्तपुरबाट तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एकको मृत्यु २३ जना घाइते भएका छन् । भने घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको समाचार छ ।
भक्तपुरबाट चितवनको देवघाट तर्फ जाँदै गरेको बा ३ ख ८९२३ नं. को बस आफै अनियन्त्रित भई आइतबार राति करिब १० बजेको समयमा धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ सात किला स्थित पृथ्वीलोकमार्गमा दुर्घटना भएको हाे ।
दुर्घटनामा परेर दोलखा भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्बती काफ्ले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायाे । ।
प्रतिक्रिया