बीरगंज १४ फागुन। राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा बुधबार पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नु भयाे ।
राष्ट्रपति पौडेलले बुधबार अपरान्ह पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्न पशुपति पुग्नु भएकाे थियाे । उहाँलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूल प्रसाद प्रदान गर्नु भएका थिए ।
मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका अधिकारी लगायतले स्वागत गरेका थिए ।
महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा रहेकाे छ ।
प्रतिक्रिया