सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

महाशिवरात्रिमा पाल्पाकाे शिव मन्दिरमा नेपाली र भारतिय भक्तजनहरूको घुइँचो

580

बीरगंज १४ फागुन। महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको समाचार छ ।

तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुरलगायतका शिवालय मन्दिरमा भगवान शिवको पूजाआजा तथा भजन कीर्तन गर्ने भक्तजनको घुइँचो लागेका छन ।

तानसेनको ठुटेपीपलस्थित बद्रेश्वर शिवालयमा बिहान ३ बजेदेखि भक्तजनको घुइँचो लागेको छ । यहाँ तानसेन र आसपासबाट भक्तजन पुगेका छन् । 

यस्तै तिनाउ गाउँपालिका वडा नं ३ दोभानस्थित सिद्धबाबा मन्दिरमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको मन्दिर व्यवस्थापन समितिले जनायाे।

सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रूपमा परिचित सिद्धबाबा पुरातात्विक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण भएकाले यहाँ श्रद्धालुको घुँइचो लागेका छन । भक्तजनले सहज रूपमा मन्दिरमा पूजा तथा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ।

यहाँ बिहानदेखि नै मूल मन्दिर खुला गरिएको समितिका अध्यक्ष सन्तोष शेरचनले जानकारी गराए। उहाँका अनुसार यहाँ पाल्पासहित रुपन्देही, नवलपरासी, कपिलवस्तुका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु आएका छन्। 

मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्था समेत गरिएको उहाँले जनाए ।

यस्तै महाशिवरात्री पर्वका अवसरमा बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासनमा पनि पूजाआजा र दर्शन गर्नेहरूको घुँइचो लागेको छ । 

यता प्रभासमा पनि बिहानैदेखि भक्तजन लाइनमा बसेर पूजा गरिरहेका छन्। प्रत्येक वर्ष यहाँ रातभर भजनकिर्तन र धुनी जगाउनुका साथै बिहानैदेखि पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्दछ ।

शिवरात्रिको दिनमा भगवान् शिवको पूजाआजा र भजनकीर्तन गर्ने, उपवास बसेमा मनको कामना पूरा हुने जनविश्वास रहँदै आएको छ । भगवान शिवलाई बेलपत्र, भाङ, धतुरो चढाउने परम्परा छ।

हिन्दु धर्ममा ‘देवका पनि देव’ का रूपमा भगवान् शिवलाई पूजाआजा भजनकीर्तन गर्ने परम्परा रहेको छ । शिवको उत्पत्ति भएको दिनका रूपमा हिन्दूले शिवरात्रि पर्व मानाउँदै आएका पौराणिक कथन रहेको छ ।

शिवरात्रिको प्रसाद वितरण

जिल्लाको तानसेन नगरपालिका–३ भगवतीटोलस्थित अन्नपूर्ण होटलमा शिवरात्रि पर्वको प्रसाद वितरण गरिएको छ। पर्वको अवसरमा होटलले शिवरात्रिको प्रसाद वितरण गरेको हो । हरेक वर्षजस्तै यस वर्ष पनि प्रसाद वितरण गरिएको होटलले जनाएको छ ।

बाटोमा हिड्ने यात्रुदेखि शिवालय मन्दिरमा दर्शन गरी फर्कने दर्शानार्थीले प्रसाद ग्रहण गरिरहेका छन्। होटल सञ्चालक टिकाराम बस्यालले एक दश अघिदेखि शिवरात्रिका दिन प्रसाद वितरण गर्दै आएको बताउँदै सोही कार्यलाई निरन्तरता दिइएको उल्लेख गरे । 

भगवान् शिवप्रति आस्था राख्दै आउनुभएका बस्यालले शिवको पूजासँगै प्रसाद बाँड्ने गरे ।

उहाँले भारतको नयाँ दिल्लीमा रहँदा शिवरात्रिका दिन प्रसाद बाँड्ने गरेको भन्दै नेपाल आएपछि आफूले पनि हरेक वर्ष शिवरात्रिकै दिन प्रसाद बाँड्ने परम्पराको थालनी गरेको बताए । 

उहाँले भने, ‘पहिले दिल्लीमा हुँदा त्यहाँ शिवजीको प्रसाद बाँड्ने गरेको देखेको थिएँ । मलाई शिवप्रति मनैदेखि अत्यन्त श्रद्धा जागेर आउछ । स्वदेश आएपछि हरेक वर्ष घर र होटलमा प्रसाद बाँड्ने गरेको छु।’

बस्यालले शिवरात्रिका दिन पूजा, प्रसाद वितरण गर्नुका साथै विभिन्न शिवालय मन्दिर र आश्रममा पुगेर आर्थिक तथा खाद्यान्नसमेत सहयोग गर्दै आए । 

उहाँले बाराङ्दीमा रहेको नारायणडाँडा शिवालय मन्दिरमा पूजा गर्दै आएका पूजारीका लागि तलब र पोसाक उपलब्ध गराउँदै आएकाे छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,68,entertainment,5,health,21,main news,96,news,63,newspaper,9,newक,2,politics,61,sports,15,tech,5,world,16,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : महाशिवरात्रिमा पाल्पाकाे शिव मन्दिरमा नेपाली र भारतिय भक्तजनहरूको घुइँचो
महाशिवरात्रिमा पाल्पाकाे शिव मन्दिरमा नेपाली र भारतिय भक्तजनहरूको घुइँचो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjYdi-BGX6fiBRT31SnNTLuQxSa_aUb4Q2bujVMoWjAoV1uOnGC7vOqxYtUYX6HIPD8JYdBExd-BXwqPFN9aTqi0ga-pjE2ZqQ8A_eAIHu-PVs4c4F8RkH2z8cO9DnvcjV-dt_sCOFCr32wabu1UJZzbHbU38K6SV5jc9zgYK-aus1CNAlZxcazqVXnjpg/w640-h414/Palpa-shiva-mandir.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjYdi-BGX6fiBRT31SnNTLuQxSa_aUb4Q2bujVMoWjAoV1uOnGC7vOqxYtUYX6HIPD8JYdBExd-BXwqPFN9aTqi0ga-pjE2ZqQ8A_eAIHu-PVs4c4F8RkH2z8cO9DnvcjV-dt_sCOFCr32wabu1UJZzbHbU38K6SV5jc9zgYK-aus1CNAlZxcazqVXnjpg/s72-w640-c-h414/Palpa-shiva-mandir.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_721.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_721.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content