सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

आइतबार पनि निजी नौवटा अस्पतालमा मुख्यमन्त्री सिंहद्वारा अनुगमन

580

बीरगंज ५ फागुन।  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रादेशिक राजधानी जनकपुरधामस्थित निजी अस्पतालहरूको अनुगमनलाई आइतबार पनि निरन्तरता दिनुभएको छ ।

प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधन प्रसाद सिंह र मन्त्रालयका अधिकारीहरूसहित नौवटा अस्पतालमा पुगी उहाँले अनुगमन गर्नुभएको हो । 

मुख्यमन्त्री सिंहको टोलीले जनकपुरधामको ब्रह्मपुरीस्थित कृष्णा मेडिकलएन्ड टेक्निकल रिसर्च सेन्टर, ब्रह्मपुरीमै रहेका गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि र नवजीवन हस्पिटल, साकेतनगरस्थित वैदेही हस्पिटल प्रालि, जनक मेमोरियल हस्पिटल र जनकपुर मोडल हस्पिटल, रामानन्दचोक नजिकका जनकपुर गोदावरी हस्पिटल, कृष्ण हस्पिटल प्रालि र एडभान्स सिटी स्क्यानको अनुगमन गर्नुभएको छ ।

अनुगमन गरिएका अस्पतालमध्ये जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल र कृष्णा हस्पिटल प्रालि बन्द गरिएका छन् । ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टरलाई फोहरमैला छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ । दर्ता नरहेको ब्रह्मपुरीस्थित गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालिलाई कागजपत्र लिएर सोमबार ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।

ब्रह्मपुरीस्थित नवजीवन हस्पिटलले गत चार वर्षदेखि र साकेतनगरस्थित वैदेही हस्पिटल प्रालिले दुई वर्षदेखि नवीकरण नगराएकाले सोमबार ११ बजे कागजपत्रसहित सञ्चालकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ । एडभान्स सिटी स्क्यानले दुई वर्ष छ महिनादेखि नवीकरण गराएको छैन ।

आजबाट बन्द गरिएको जनकपुर मोडल हस्पिटलका सञ्चालकलाई अस्पतालमा जडान गरिएका सिसीटिभीका शनिबार र आइतबारका फुटेज लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरले जानकारी दिनुभयो ।

बन्द अवस्थामा पनि अस्पतालमा बिरामीको उपचार भइरहेको आशङ्कामा अस्पताल सञ्चालकलाई सिसीटिभी फुटेजसहित बोलाइएको ठाकुरले बताउनुभएको हो । रासस

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,57,entertainment,5,health,17,main news,91,news,49,newspaper,9,politics,57,sports,13,tech,5,world,15,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : आइतबार पनि निजी नौवटा अस्पतालमा मुख्यमन्त्री सिंहद्वारा अनुगमन
आइतबार पनि निजी नौवटा अस्पतालमा मुख्यमन्त्री सिंहद्वारा अनुगमन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgdeYR9QFwgdI8FJdwO4Ox4kvucmMKXiPNIlO-X_V4fEuUR-55SQ-hNH0w86RBMDCk05p54FcsvZwp0Wb8MY2gagOgp-oQi74DSwJWbA0wCKnTgisCSJetZH9h9RiL2MN7_z8saEsYeQximMpIFlFOBkf-ZTRp0MVs_mPjKNyF0CDqQJNXobGI4Kpu0Z8k/w640-h362/satish.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgdeYR9QFwgdI8FJdwO4Ox4kvucmMKXiPNIlO-X_V4fEuUR-55SQ-hNH0w86RBMDCk05p54FcsvZwp0Wb8MY2gagOgp-oQi74DSwJWbA0wCKnTgisCSJetZH9h9RiL2MN7_z8saEsYeQximMpIFlFOBkf-ZTRp0MVs_mPjKNyF0CDqQJNXobGI4Kpu0Z8k/s72-w640-c-h362/satish.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_70.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_70.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content