पहिलो चरणमा महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा पार्टीले विभिन्न प्रदेशमा मोटर साइकल र्याली निकाल्न लागेका छन ।
प्रवक्ता सगुन लावतीका अनुसार मंगलबार धनगढीमा मोटरसाइकल र्याली, फागुन १९ गते नेपालगन्ज, २१ गते काठमाडौँ, २४ गते वीरगंज र २६ गते सुर्खेतमा र्याली निकाल्ने जनाए ।
हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापना, प्रदेश खारेजी र भ्रष्टाचार अन्यको माग राखेर कार्यक्रम गर्न लागिएको उनले बताए।
पहिलो दिन मंगलबार धनगढीको अत्तरियाबाट दिनको १२ बजे बृहत् मोटरसाइकल र्याली आरम्भ हुने जनाए ।
राष्ट्रिय झन्डामा आयोजना हुने बाइक र्यालीमा राजसंस्था पक्षधर समूह दल, धार्मिक संघ संस्था, प्रदेश तथा भ्रष्टाचार विरोधी राष्ट्रवादीहरूको सहभागिता रहने बताए ।
राप्रपा कैलाली जिल्ला अध्यक्ष होम बहादुर गुरुङले बताए अनुसार, फागुन १३ गते मंगलबार धनगढीको अत्तरियास्थित दुर्गा लक्ष्मी उच्च माविको ठिक अगाडि भेला भएर मोटरसाइकल र्याली आरम्भ हुनेछ ।
राप्रपाले चैतमा काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको छ । सोही निर्णायक आन्दोलनको तयारीको रूपमा सात प्रदेशका सात प्रमुख शहरहरूमा मोटरसाइकल र्याली आयोजना गरिएको छ ।
यस्तै राप्रपाले प्रदेश स्तरीय आमसभाहरू समेत गरिरहेको जनाए। फागुन ९ गते पोखरामा आमसभा गरेको राप्रपाले १३ गते बुटवलमा गर्ने बताए ।
प्रतिक्रिया