बीरगंज १२ फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत खालि भएको ठाउँमा एक हप्ताभित्रै पठाउने जनाएका छन ।
सोमवार संसद् भवन परिसरमा सञ्चरकर्मीहरुसँग कुरा गर्दै उहाँले सह सचिवहरू लोकसेवा आयोगबाट बढुवा भएर आएको र अहिले तालिमका क्रममा रहेकाले एक हप्ताभित्र प्रमुख खालि रहेका ठाउँमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताउनु भयाे ।
उहाँले काठमाडौँ महानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत खालि रहेको र अब केही दिनमै पठाउने प्रतिबद्धता समेत जनाउनु भएकाे छ ।
प्रतिक्रिया