सबै राजावादीलाई एक ठाउँमा ल्याएर आन्दोलन गर्ने उद्देश्यले सुवेदीको नेतृत्वमा समिति गठन गरिएको थियाे । तर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले त्यसप्रति असहमति प्रकट गरेका छन् ।
‘संयुक्त जनआन्दोलन समिति घोषणा भएको मैले पनि समाचारबाट थाहा पाएको छु, म त्यहाँ उपस्थित छैन ।
हामीसँग त्यसबारे सरसल्लाह पनि गरिएको छैन,’ संचारकर्मीसँग लिङदेनले भने, ‘राजसंस्था मान्नेहरूको बैठक गरौं भन्ने खबर आएपछि प्रतिनिधि पठाएका थियौं ।
तर हाम्रा प्रतिनिधिसँग पनि सरसल्लाह नगरी समिति घोषणा गरिएछ । सोधिएन, एकैचोटि घोषणा भयो ।’
आफूलाई थाह नभएको समितिमा बस्ने कुरा नहुने उहाँले जनाए । पूर्वपञ्च सुवेदी नेतृत्वको समितिमा लिङदेनलाई पनि सदस्य राखिएको छ ।
प्रतिक्रिया