सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

दर्जनौँ भ्रष्टाचार काण्डमा नाम मुछिएको नेताहरू अहिले राजालाई ललकार्दै ः अध्यक्ष लिङ्देन

580


बीरगंज २४ फागुन । पूर्व राजा शाहका समर्थकहरुले भोलि काठमाण्डौमा गर्न लागेको कार्यक्रमलाई लक्षित गरेर कार्यक्रम गर्ने तयारी गरेपछि ज्ञानेन्द्र शाहका विरुद्धका दलहरुबाट कडा टिप्पणी र सुझाव आइरहेका बेला माओवादी अध्यक्ष ‘प्रचण्ड’ ले पनि पूर्व राजा शाहलाई पार्टी खोल्न सुझाव दिइएका छन । 

तराई मधेश जागरण अभियानमा रहेका अध्यक्ष ‘प्रचण्ड’ ले दैनिक जसो शाहका बारेमा बोलि रहनु भएको छ ।

यस अघि बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शाहलाई चुनाव लड्न सुझाव दिनुभएको थियो । आज डोटीमा भएको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्कने हल्ला काम नलाग्ने बताउनु भयो ।

यस्तै हिजो सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि पूर्व राजा ज्ञानेन्द्र शाहको सम्पत्ति जफथ गरेर जेलमा राख्नु पर्नेमा स–सम्मान राखेको टिप्पणी गर्नुभएको थियो ।

राजसंस्थाको पुर्नस्थापना, प्रदेश संरचना खारेजी, सनातन हिन्दू राज्य स्थापनासहितका पक्षमा बुधवार काठमाण्डौमा रैली निकालेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि विमानस्थलमा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रममा पनि अगुवाई गर्दैछ ।

यस अघि फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पूर्व राजा शाहले जारी गरेको भिडियो सन्देशमा देश जोगाउने हो भने आफूलाई साथ दिन आह्वान गरेपछि राजावादीको उत्साह र अरु दलहरुको छटपटी दुवै बढेको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन राजसंस्थाको पुर्नस्थापनाकै लागि प्रयास सहित आज बीरगंजमा मोटर साइकल रैली र आम सभा कार्यक्रमको आयोजना गर्नु भयो । 

सो आम सभालाइ सम्बोधन गर्दै उहाँले राजा भोटकाे राजनीति भन्दा माथि रहने संस्था भएको जनाए । 

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरूले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिनु भयाे ।

उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौती दिँदै आएका छन् । 

सोही अभिव्यक्ति प्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले राजा भोटको राजनीति भन्दा धेरै माथिको संस्था भएको बताए । अहिलेका नेताहरूसँग आफूहरू नै चुनाव लड्न पर्याप्त रहेको उहाँले जनाए । 

शनिबार वीरगंजको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै लिङ्देनले भने, ‘राजाले पहाडमा नभएर मधेसको जनताले रोजगारी पाओस् । 

भनेर मधेसको जनतालाइ गरिखान वातावरण निर्माण होस् भनेर खोलेको उद्योगधन्दाहरू बेचेर खाए । कृषि औजार कारखाना, चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरे र आज दर्जनौँ भ्रष्टाचार काण्डहरूमा उनीहरूको नाम मुछिएको छ । त्यस्ता नेताहरू अहिले राजालाई ललकार्दै छन् । 

राजा चुनाव लड्न आऊ भनेर । म भन्छु, तपाईंहरुसँग चुनाव हामी लड्छौँ । राजाले चुनाव लड्ने होइन । चुनाव लड्नको लागि हामी जस्ता मानिसहरू छौँ । 

हामीले खोजेको राजा, हामीले स्थापित गर्न खोजेको राजा तपाईंहरुसँग चुनाव लड्ने होइन । राजनैतिक दलको राजा होइन, देशको राजा खोजेको हो । 

राजा राजनीतिक दल भन्दा र भोटको राजनीति भन्दा माथि रहने संस्था हो ।’

अध्यक्ष लिङ्देनले अहिलेका राजनीतिक दलहरू देशभित्रै युवाहरूले गरिखाने वातावरण बनाउनेतर्फ अग्रसर नभएको बताए । 

अहिलेका राजनीतिक दल र नेताहरूले ३५ वर्षको समयमा केही काम गर्न नसकेको उनले जिकिर गरे । प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेजी गर्ने मागहरू आफ्नो पार्टीको रहेको जनाए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,57,entertainment,5,health,17,main news,91,news,49,newspaper,9,politics,57,sports,13,tech,5,world,15,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : दर्जनौँ भ्रष्टाचार काण्डमा नाम मुछिएको नेताहरू अहिले राजालाई ललकार्दै ः अध्यक्ष लिङ्देन
दर्जनौँ भ्रष्टाचार काण्डमा नाम मुछिएको नेताहरू अहिले राजालाई ललकार्दै ः अध्यक्ष लिङ्देन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjhd8wuZUKrVEBNzJz8GoyAdSSBBtr1d9f_mLpRG_zhnprOCSFIklbWiVjaWATl42m5Y66Kun1YuqqP3VZoeraingj4QMVXcCG2dvg8x0yb7QA4nGcLrbhB_VPF8seR4e5zYGOlbG0W1IuFO5rKRCCVTzoNlI52bC141cd2DSgVvT-FBN7YK2X0PHq5Vvg/w320-h181/1741424991-r0djh_S8206imtlr.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjhd8wuZUKrVEBNzJz8GoyAdSSBBtr1d9f_mLpRG_zhnprOCSFIklbWiVjaWATl42m5Y66Kun1YuqqP3VZoeraingj4QMVXcCG2dvg8x0yb7QA4nGcLrbhB_VPF8seR4e5zYGOlbG0W1IuFO5rKRCCVTzoNlI52bC141cd2DSgVvT-FBN7YK2X0PHq5Vvg/s72-w320-c-h181/1741424991-r0djh_S8206imtlr.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/03/blog-post_8.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/03/blog-post_8.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content