बीरगंज ६ चैत्र। नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियान बिहीबारबाट सुरु हुने भएकाे समाचार छ । फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरु भएको अभियान राजावादीहरू सक्रिय भएपछि रौतहटमा पुगेर स्थगित गरिएको थियो ।
अब भने फेरी यहि चैत ७ गते बिहीबारबाट अभियान सुरु हुने माओवादी केन्द्रले जनाएको छ ।
अभियानमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू आज बाराको सिमरा जाने उनको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रका शिर्ष नेताहरु मधेसको कार्यक्रम सकेर चैत्र ९ गते चितवनको अभियानमा सहभागी हुने बताएकाे छ ।
माओवादी केन्द्रले यो अभियान अन्तर्गत जनसभा, चोकसभा, अन्तर्क्रिया तथा जनभेटघाटहरू आयोजना गरिरहेको छ ।
कार्यक्रमको स्थान निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाका समितिहरूले गरेका छन् । भने प्रत्येक स्थानमा बिहान, दिउँसो र बेलुका गरी अधिकतम तीनवटा कार्यक्रम गर्ने गरिएको जनाएछ ।
प्रतिक्रिया