सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

मालपोत पर्साका प्रमुख तिवारीसहित ७ जनालाई विशेष अदालतले दिएको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा

580

बीरगंज ६ चैत्र । वीरगंज महानगरपालिका वडा नं. ३१  को सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने कार्यमा सक्रिय मालपोतका कर्मचारीहरूलाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको खबर छ ।

साविकको बेल्वा गाविस वडा नं ८ कित्ता नं २७० को १ आना ५ दाम युवा स्पोर्टस क्लबको नाउँमा रहेको जग्गा शेषसफि अहमदको नाममा जग्गाधनी दर्ता स्रेस्ता कायम गरिएको थियो । 

सो कार्यमा प्रतिवादी बनाइएका भूमिसुधार तथा मालपोत कार्यालय पर्साका कार्यालय प्रमुख कमोद तिवारी सहित ७ जनालाई विशेष अदालतले आंशिक सफाइ दिएको थियो । 

सोही फैसलाविरुद्ध आयोगले पुनरावेदन दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी गराए ।

आयोगले कार्यालय प्रमुख तिवारी सहित नायव सुब्बा शम्भु साह रौनियार र खरिदार शिव प्रकाश साह तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ को कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवाना हुन माग दाबी गरेको थियो । 

त्यसका साथै सरकारी कागजात नोक्सान गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ को कसुरसमा सोही ऐनको दफा १२ बमोजिम कैद र जरिवाना गर्न पनि आयोगले माग दाबी गरेको थियो ।

त्यसै गरी कार्यालयका खरिदार रिन्ता कुमारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिमको कसुरमा सोही ऐनको दफा १२ बमोजिम कैद र जरिवाना हुन, शेख साजिद एकबाल र शेष सफि अहमदलाई मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय गर्न पनि मागदाबी गरिएको थियो ।

त्यसमा विशेष अदालतले तिवारी, रौनियार र तेलीले नै मोठ च्यातेको भन्ने निश्यात्मक प्रमाणको अभावमा निजहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ को कसुरमा दोषी करार गर्न मिल्ने अवस्था नरहेको भनी सफाइ दिएको थियो । 

विशेष अदालतको सफाइको आधारलाई चुनौती दिँदै आयोगले आफ्नो अनुसन्धानबाट देखिएको तथ्य प्रमाणका आधारमा पुनरावेदन दायर गरेको प्रवक्ता पौडेलले बताए ।

आयोगका अनुसार सो जग्गा व्यक्तिको नाउँमा जग्गाधनी स्रेस्ता कायम गर्ने निर्णयको टिप्पणीमा वीरगंज महानगरपालिकाको वडा नं. ३१ को सिफारिस बमोजिम भनी उल्लेख गरिएको थियो । 

तर, सो वडा कार्यालयको सिफारिस भेटिएको छैन । वडाको सो गलत लिखत पत्रबाट युवा स्पोर्टस क्लबको जग्गा अहमदको नाममा पुगेको थियो ।

क्लबको नामको जग्गाधनी दर्ता स्रेस्ताको विवरण रहेको मोठ पाना नं. नै च्यातिएको अवस्थाका कारण मोठ नै नरहेको पाइएको थियो । 

त्यस्तै, तामेली शाखामा रहेको अभिलेख मिसिल खरिदार रिन्ता कुमारीले त्यसमा संलग्न अरू कर्मचारीलाई दिएपछि हराएको थियो । 

तैपनि कार्यालय प्रमुख तिवारीले रिन्ता कुमारी उपर कुनै कारबाही नगरेको पाइएको छ । 

यस आधारबाट तिवारी सरकारी कागजात नोक्सान गरेको कसुरमा समेत संलग्न भएको देखिएको आयोगको जिकिर रहेको छ ।

कार्यालयको अभिलेख बिना नै जग्गा दर्ता स्रेस्ताको हक हस्तान्तरण हुनुलाई आयोगले संवेदनशील कार्यमा बदनियत साथ तिवारी गलत निर्णयमा सहभागी भएको भनेकोे छ । 

तिवारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिमको सरकारी कागजात नोक्सान गरेको कसुरबाट सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी रहेको आयोगको जिकिर रहेको छ ।

त्यसै गरी रौनियार र खरिदार तेलीले क्लबको नाममा रहेको जग्गा शेष सफि अहमदको नाममा जग्गाधनी दर्ता स्रेस्ता कायम गर्न फिल्ड प्रतिवेदन पेस गरी निर्णयको लागि टिप्पणी समेत पेस गरेको थियो । 

निजहरूलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १२ बमोजिमको सरकारी कागजात नोक्सान गरेको कसुरबाट सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको आयोगको जिकिर रहेको छ ।

विशेष अदालतले खरिदार रिन्ता कुमारीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १२ बमोजिम सजाय हुने आदेश दिएको थियो । 

तर, सोही कार्यालयमा कार्यरत खरिदार शिव प्रसाद साह तेली, नायव सुब्बा शम्भु साह रौनियार र कार्यालय प्रमुख तिवारीलाई जग्गाको दर्ता स्रेस्ता उल्लेख भएको मोठ च्यातेको आरोप दाबीबाट सफाइ दिने गरी भएको फैसला आफैंमा बाझिएको देखिएको आयोगको जिकिर रहेको छ ।

कसुरको संलग्नता र दायित्व सामूहिक रूपमा पुष्टि भएको अवस्थामा सबै व्यक्तिलाई सजाय हुनुपर्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त विपरीत प्रतिवादीहरू कमोद तिवारी, शम्भु साह रौनियार र शिव प्रसाद साह तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिमको कसुरबाट सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण देखिँदा बदरभागी रहेको आयोगको पुनरावेदन पत्रमा भनिएको छ ।

सो फैसला सर्वोच्च अदालतको नजिर विपरीत रहेको आयोगको जिकिर रहेको छ । 

सर्वोच्च अदालतबाट जगरनाथ प्रसाद सोनार विरुद्ध नेपाल सरकार भएको भ्रष्टाचार मुद्दामा ( ने.का.प. २०७५, अंक ३, नि.नं. १०३८७) फैसला हुँदा भ्रष्टाचार निवारण ऐनको संरचनाबाट सार्वजनिक उत्तरदायित्व भएका पदाधिकारी तथा राष्ट्रसेवकले अन्य व्यक्तिहरूसँग मिली भ्रष्टाचारजन्य कार्य गरी सरकारी वा सार्वजनिक सम्पत्तिको हिनामिना गर्ने, आफू वा अन्य व्यक्तिलाई लाभ वा हानि पुरयाउने कार्य गरेमा सो कार्यमा संलग्न रहेका पदाधिकारी, संस्था वा व्यक्तिलाई समेत कसुरदार ठहर हुने’ भन्ने सिद्धान्त प्रतिपादन भएकोलाई समेत आयोगले पुनरावेदनको आधारका रूपमा लिएको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,64,entertainment,5,health,17,main news,94,news,61,newspaper,9,newक,1,politics,59,sports,14,tech,5,world,16,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : मालपोत पर्साका प्रमुख तिवारीसहित ७ जनालाई विशेष अदालतले दिएको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा
मालपोत पर्साका प्रमुख तिवारीसहित ७ जनालाई विशेष अदालतले दिएको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi5-3FbTlbvpm6hNOpoKI1av5rzuD-l-yVYoJvOKsLVPXqGO1w2PFftXAH_MuWTIVhgcx4DsiGOPjZEXJmr-uwRIc6f7aTN_CgW-cf2XDTdH2xSwRcALBVZvKfVJhXqARqL-W06W1Gfddiux1KYmpEdK8uXR3uYaL2WIUJV-Pfd41-uN9e-mCbL35K7o6I/s320/11111.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi5-3FbTlbvpm6hNOpoKI1av5rzuD-l-yVYoJvOKsLVPXqGO1w2PFftXAH_MuWTIVhgcx4DsiGOPjZEXJmr-uwRIc6f7aTN_CgW-cf2XDTdH2xSwRcALBVZvKfVJhXqARqL-W06W1Gfddiux1KYmpEdK8uXR3uYaL2WIUJV-Pfd41-uN9e-mCbL35K7o6I/s72-c/11111.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/03/blog-post_88.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/03/blog-post_88.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content