सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

स्थानीय तहमध्ये एक चौथाइभन्दा बढीले तोकिएको समयभित्र बजेट ल्याउन सकेनन्

580

 

वीरगंज १२ असार । मधेसका स्थानीय तहमध्ये एक चौथाइभन्दा बढीले तोकिएको समयभित्र बजेट ल्याउन सकेका छैनन् । आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि अधिकांश पालिकाले निर्धारित समयभित्रै बजेट सार्वजनिक गरे पनि २६. ४७ प्रतिशत पालिकाले बजेट ल्याउन सकेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने हुन्छ । मधेसका ३६ पालिकाले उक्त समयसीमाभित्र बजेट ल्याउन नसकेका हुन् । यसमध्ये केही पालिकाले नीति तथा कार्यक्रम भने ल्याइसकेका छन् ।

मधेसमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी ८ जिल्लामा १३६ पालिका छन् । पर्सामा १४, बारामा १६, रौतहटमा १८, सर्लाहीमा २०, महोत्तरीमा १५, धनुषामा १८, सिरहामा १७ र सप्तरीमा १८ वटा स्थानीय तह छन् ।

पर्साका १४ वटा पालिकामध्ये ४ वटाले बजेट सार्वजनिक गरेका छैनन् । पर्सामा विन्दवासिनी, धोबनी, छिपहरमाई र ठोरी गाउँपालिकाले बजेट ल्याउन सकेका हुन् ।

यसैगरी बारामा २ वटा उपमहानगरपालिकासहित १६ वटा पालिकामध्ये ३ वटाले निर्धारित समयभित्र बजेट ल्याउन सकेका छैनन् । बारामा जितपुरसिमरा उपमहानगरपालिकासहित निजजढ नगरपालिका र सुवर्ण गाउँपालिकाले बजेट प्रस्तुत गर्न नसकेका हुन् ।

रौतहटका १८ पालिकामध्ये वृन्दावन नगरपालिका, फतुवा विजयपुर नगरपालिका र देवाहीगोनाही नगरपालिकासहित यमुनामाई गाउँपालिका र दुर्गा भगवती गाउँपालिका गरी ५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।

सर्लाहीमा २० वटा स्थानीय तहमध्ये चार वटाले तोकिएको समयभित्र बजेट ल्याउन सकेनन् । पर्सा गाउँपालिका, विष्णु गाउँपालिका, ईश्वरपुर नगरपालिका र मलंगवा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन् ।

त्यसैगरी महोत्तरीका १५ वटा स्थानीय तहमध्ये जलेश्वर नगरपालिकाले असार १० भित्र बजेट प्रस्तुत गर्न नसकेको हो । धनुषाका १८ स्थानीय तहमध्ये ६ वटा पालिकाले बजेट सार्वजनिक नगरेको जनाइएको छ । धनुषामा मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिका र औरही गाउँपालिकाले आफ्नो बजेट ल्याउन नसकेका हुन् ।

सप्तरीका १८ वटा पालिकामध्ये १२ वटा पालिकाले बजेट ल्याउन सकेका छैनन् । सप्तरीका राजविराज नगरपालिका, डाक्नेश्वरी नगरपालिका, हनुमान नगर कंकालिनी नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, खडक नगरपालिकासहित तिरहुत, महादेवा, विष्णुपुर र छिन्नमस्ता गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् । सुरुङ्गा, सप्तकोशी र कञ्चनपुर नगरपालिकाले नियमित समयभित्र बजेट ल्याउन सकेका छैनन् ।

खडक नगरपालिका प्रमुख जयप्रकाश चौधरीले नीति तथा कार्यक्रम ल्याइएको र बजेट असार ३० गतेभित्र ल्याइने जानकारी दिए । बजेट ल्याउन ढिला भए पनि आफ्नो नगरपालिकामा बजेटबारे कुनै विवाद नरहेको उनले बताए ।

बजेट ल्याउन नसकेका अधिकांश पालिकाभित्र कार्यपालिका सदस्यबिच विवाद नै मुख्य कारण रहेको बताइएको छ । ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन बाँकी रहेको बताए । सबैसँग गहन छलफल गरेर असार ३० भित्र बजेट ल्याउने योजना रहेको उनको भनाइ छ ।

जीतपुरसिमरा उपमहानगरपालिका उपप्रमुख भोला प्रसाद अधिकारीले बजेटमाथि उपमहानगर प्रमुखको हस्तक्षेपकारी भूमिकाले गर्दा नियमित समयभित्र बजेट आउन नसकेको बताए ।

‘कार्यपालिकाको बोर्ड बैठकमा पनि सहमति जुटेको थिएन, तैपनि उपमहानगर प्रमुखले जबरजस्ती अधिवेशन गर्नुभयो । तर पछि स्थगन गर्नुपर्‍यो,’ उहाले भन्रु भयाे ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,24,crime,30,entertainment,2,health,5,main news,30,news,32,newspaper,4,newक,2,politics,22,sports,2,tech,1,world,3,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : स्थानीय तहमध्ये एक चौथाइभन्दा बढीले तोकिएको समयभित्र बजेट ल्याउन सकेनन्
स्थानीय तहमध्ये एक चौथाइभन्दा बढीले तोकिएको समयभित्र बजेट ल्याउन सकेनन्
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhrZh01ubncbNQ8oX_sg7e_ochjFlfpLOqNWUn24TwBGoN1UAHyyfidFk4jM2Y2uG3Uk5hTijb6TiRKBhQDDeG7WyaDKTRi5BJrm-yy0A0GJyr3vITImnolC-EX3j1b0MXh6KXOL6yF3b9xW2DDB9gwGRL1C5gx4FCcX9EhS1TZqgrrExMD084dQba6qGE/s320/1624857584-nQ7qv.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhrZh01ubncbNQ8oX_sg7e_ochjFlfpLOqNWUn24TwBGoN1UAHyyfidFk4jM2Y2uG3Uk5hTijb6TiRKBhQDDeG7WyaDKTRi5BJrm-yy0A0GJyr3vITImnolC-EX3j1b0MXh6KXOL6yF3b9xW2DDB9gwGRL1C5gx4FCcX9EhS1TZqgrrExMD084dQba6qGE/s72-c/1624857584-nQ7qv.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/06/blog-post_26.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/06/blog-post_26.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content