बीरगंज १७ असार । नारायाणी अस्पताल बीरगंजकाे स्वास्थ्य बिमा बाेर्डले रू. १६ कराेड रूपैयाँ भुक्तानी अहिले सम्म गरेकाे छैन ।
पर्सा, बारा, राैतहट, सर्लाही लगायतका अधिकांश स्वास्थ्य बिमा गरेका गरीब निमुखा बिरमीहरूकाे नारायाणी अस्पतालले २०८१ बैशाख देखि २०८२ असार महिनासम्म उपचार गरे वापतकाे रकम रू. १६ कराेड रूपैयाँ नारायाणी अस्पताललाइ भुक्तानी स्वास्थ्य बिमा बाेर्डले नगरेकाे कुरा नारयाणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चुमन लाल दासले बताए ।
स्वास्थ्य बिमा बाेर्डले नारायाणी अस्पताललाइ रकम भुक्तानी नगरेका कारण स्वास्थ्य बिमा गरेका बिरामीहरूलाइ प्रदान गरीदै आएकाे औषधिकाे रकम समेत भुक्तानी गर्न नसकिएकाे कुरा अस्पताल बिकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताले जनाए ।
नारायाणी अस्पतालकाे प्रसुति गृहलाइ सरसफाइ तथा मरम्मत संभार गरीनुकाे साथै रङ्ग राेङ्गन कार्य हुदैछ । साथै एन.आइ.सि.यु. लाइ थप ब्यवस्थित बनाउन काम गरीदै छ ।
पहिले बिरामीहरूलाइ अस्पतालले सेवा उपलब्ध गराउदै आएकाे हड्डी, जेनरल सर्जरी, प्रसुति, न्युराे, नाक, कान, घाटी, युराे र हाडजाेर्नी सेवालाइ थप सेव उपलब्ध गराउने लक्ष्य सहित अस्पतालमा काम भइरहेकाे अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. दासले बताउनु भयाे ।
अहिले एन.आइ.सि.यु., आइ. सि.यु र सि.सि.यु चालु नै रहेकाे छ । पहिला दिनमा ४३ जना बिरामीकाे डायलसिस गरीन्थ्याे । भने अहिले एक सिफ्टमा ६५ जना बिरामीकाे डायलसिस गरीन्छ । त्यास डायलसिसलाइ पनि तिन सिफ्टमा अस्पतालले संचालनमा ल्याएकाे छ ।
भिडियाे एक्सरेमा केही टेक्निकल कारणले भिडियाे बन्द रहेकाे छ । त्यसलाइ पनि एक/ दुइ दिनमै छिटै मरम्मत संभार गरेर संचालनमा ल्याउने मेडिकल सुपरिटेण्डेण्ट डा. दासले जनाए ।
भिडियाे एक्सरे गराउने बिरामीहरूकाे भिडलाइ कम गर्न छिटै थप दुइ वटा भिडियाे एक्सरे संचालनमा ल्याउन तैयारी जुटेकाे समेत मेडिकल सुपरिटेण्डेण्ट डा. दासले बताए ।
पुराना भाँचिएका बेड लगायतका समाग्रीलाइ मरम्मत संभार गरीनुकाे साथै रङ्ग राेङ्गन गरी छिटै बिरामीहरूकाे सेवामा ल्याउने जनाए ।
प्रसुति भवनमा बर्षातकाे माैसममा चुहिने पानीकाे समस्यालाइ अन्त्य गर्ने प्रयासमा जुटेकाे अस्पताल बिकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताले बताए ।
नारायाणी अस्पतालले पहिला बिरामीहरूले ब्लड टेष्ट गर्न अस्पतालकाे काउण्टरमा रसिद काटेर पुन दर्ता काउण्टरमा बिरामीहरूले दर्ता गराउनु पर्ने प्रावधानलाइ अस्पताल बिकास समितिले सुधार गरेकाे छ।
अब बिरामीहरूले अस्पतालकाे काउण्टरबाट ब्लड टेष्टकाे रसिद काटेर सिधै ब्लड टेष्ट गर्ने ब्यवस्था मिलाएकाे छ । साथै ब्लड टेष्टकाे रिपाेर्ट माेवाइलकाे वाट्सअपमा हेर्न समेत मिल्ने सुविधा सुरू गरेकाे अस्पताल बिकास समितिका अध्यक्ष धिरज कुमार गुप्ताले यस दैनिक जन समर्पितलाइ जानकारी गराउनु भयाे ।
प्रतिक्रिया