बीरगंज २७ असार । सशस्त्र प्रहरी बल २४ औं घण्टा सिमामा तैनाथ नै छ । सशस्त्र प्रहरी बलकाे पाेष्ट सिमा नजिक स्थापना छदैछ । सशस्त्र प्रहरी बल सिमा नाकामा दिनहुँ गस्ति गरेकाे नै देखिन्छ ।
तर सिमाबाट भन्सार छली गरेर भारतिय लाता कपडा, माेटर पार्टस, खाधन्न, स्टिलका भाडाबर्तन, ग्याँस चुल्हा, लागुऔंषध, गुटखा इत्यादी मालसमानहरू भित्रिने क्रम जारी नै छ ।
भने अर्काेतिर सशस्त्र प्रहरी बल र जनपथ प्रहरीले पनि दिनहुँ भन्सार छलीकाे मालसमान बरामद गर्ने क्रम जारी नै छ । साेही क्रममा सशस्त्र प्रहरी बल पर्साले आज शुक्रबार भन्सार छली गरेर ल्याएको नौ लाख ४७ हजार ६ सय २५ रूपैयाँकाे लत्ताकपडा बरामद गरेको समाचार छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १० स्थित रहेकाे टाउनहल नजिकबाट बिकेएस इम्पेक्समा भारतबाट अवैध रूपमा ल्याएर भण्डारण गरी राखेको कपडा बरामद गरेका छन ।
सशस्त्र प्रहरीबल पर्साका सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले टाउनहल नजिकबाट विकेस इम्पेक्सको गोदामबाट भन्सार छली गरेर ल्याएको रु ६ लाख ५९ हजार ७ सय रूपैयाँकाे कपडा बरामद गरेर भन्सार कार्यालयमा बुझाएको संचारकर्मीलाइ जनाए ।
त्यसैगरी सशस्त्र प्रहरीले आजै आर्दशनगर र छपकैयाबाट भारतबाट अवैध रूपमा भन्सार छली गरेर नेपालतर्फ ल्याउँदै गरेको रु २ लाख ७९ हजार १ सय ५ रूपैयाँकाे कपडा र किराना सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाएका छन ।
प्रतिक्रिया