बीरगंज २७ असार । एक भारतीय नागरिक ३ किलो ४ सय ग्राम लागू औषध कोकिनसहित पक्राउ परेका छन् ।
लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालयका सूचना अधिकृत तथा प्रवक्ता जनकबहादुर शाहीले ४९ वर्षका भारतीय नागरिकलाई पक्राउ गरिएको जनाए ।
शाहीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणमा खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने क्रममा अजरबैजानबाट कतार एअरलाइन्सको उडानमार्फत आएका भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
उहाँले साथमा ल्याएको झोलाभित्र लुकाई राखेको अवस्थामा ३ किलो ४ सय ग्राम लागूऔषध कोकिन बरामद गरेकाे छ।
अभियुक्तलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको शाहीले जानकारी गराउनु भयो।
प्रतिक्रिया