वीरगंज ३१ भदाै । जेनजीको आन्दोलनका क्रममा गत मंगलबार अराजक समूहको तोडफोड र आगजनीबाट ध्वस्त गरिएको वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित रहेकाे वडा समिति कार्यालय आज मंगलबार देखि सञ्चालनमा ल्याएको समाचार छ।
तोडफोड र आगजनीबाट ध्वस्त गरिएको वडा समिति कार्यालयमा आइतबार र सोमबार वडाध्यक्ष सुशील साह कानु, कर्मचारी लगायत स्थानीयबासीहरूले सर सफाइ गरेका छन।
त्यसपछि सेवा प्रवाहकालागि आवश्यक आधारभूत उपकरण र फर्निचरहरू वडाध्यक्ष कानुले आफ्नो निजी पहलमा व्यवस्थापन गरेर मंगलबार देखि वडा समिति कार्यालयको सेवा प्रवाह सुचारु गरेका छन्।
वडा समिति कार्यालय भवनको दोस्रो तल्लामा यसअघि सञ्चालित वडा समिति कार्यालयमा तोडफोड र आगजनीबाट ध्वस्त नै भएकाले तत्काल त्यहाँ वड समिति कार्यालय सञ्चालनमा ल्याउन सम्भव नरहेकाले भवनको भुइँ तल्लाको बरण्डामा मंगलबार देखि वडा समिति कार्यालय सञ्चालनमा ल्याएको स्थानियबासीले जानकारी गराए।
प्रतिक्रिया