वीरगंज ३१ भदाै । वीरगंज स्थित नारायणी अस्पतालको बाल वार्ड (पेडियाट्रिक वार्ड) को स्टोर कोठामा मंगलबार बिहान आगलागी भएको छ।
बिहान करिब ४ बजेतिर अस्पतालको प्रसूति गृह भवनको तेस्रो तल्लामा भएको आगलागीबाट स्टोर कोठामा रहेका सामानहरू जलेर नष्ट भएका छन् ।
अस्पतालका निर्देशक डा। चुमनलाल दासका अनुसार आगलागीको खबर पाउने बित्तिकै दमकल बोलाइएको थियो र दमकलको सहयोगमा आगो तत्काल नियन्त्रणमा लिइएको थियो। विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगो नियन्त्रणमा आइसके पछि अहिले सर सफाइको काम भइरहेको र थप क्षति हुन नपाएको कार्यरत स्वास्थ्यकर्मीले जनाए। घटनामा कुनै मानवीय क्षति भने नभएको बताए।
प्रतिक्रिया