[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

दसैँको रौनक देशैभरी, माता दुर्गाका शक्तिपीठहरूमा भव्यता पूर्वक पूजा – आराधना

580

बीरगंज १३ असाेज । दसैँको रौनक अहिले देशैभरि छाएको छ । देशभर रहेका माता दुर्गाका शक्तिपीठहरूमा भव्यता पूर्वक पूजा – आराधना भइरहेको छ । 

यसैबिच पर्सा, बारा, राैतहट लगायतका मन्दिरहरूमा पनि पूजा – आराधना भइरहेका छन् भने गाउँ – गाउँमा माता दुर्गाको मूर्ति बनाई भव्य पूजापाठ गर्ने परम्परा झन् आकर्षक बनेको छ । बीरगंज सहित पर्सा,बारा राैतहट लगायतका ग्रामीण क्षेत्रमा समेत मूर्ति पूजाको आकर्षण देख्नलायक हुन्छ ।

हिन्दू धर्ममा मूर्ति पूजाको अलग्गै महत्त्व छ, तर पर्सा, बारा, राैतहट लगायतका जिल्लामा यसको महत्त्व विशेषगरी उच्च पाइन्छ । पर्सा, बारा, राैतहट लगायतका जिल्लावासीहरूले देवी – देवतासँग पारिवारिक सदस्यझैँ सम्बन्ध स्थापित गरेका छन् । यही सम्बन्धलाई प्रकट गर्नकै लागि यहाँ मूर्ति पूजाको परम्परा मौलाएको हो । 

साथै, जगतमाता सीता नेपालकी छोरी भएकाले भगवतीका अन्य स्वरूपलाई समेत नेपालकै माइती मान्ने गरिन्छ । त्यसैले दसैँमा मूर्ति निर्माणअघि विवाहित बेहुलीझैँ नवदुर्गालाई माइतीमा भित्र्याउने परम्परा चलनमा छ ।

नेपालमा दशैंको आकर्षण धार्मिक मात्र नभई सामाजिक र सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण छ । देवी – देवतासँग पारिवारिक व्यवहार गर्ने परम्पराले समुदायबिच आत्मीयता र भक्ति दुवैलाई गहिरो बनाएको छ ।

मूर्ति पूजाले गाउँ – समाजलाई एकताबद्ध गर्ने ठुलो भूमिका खेलेको पाइन्छ । मूर्ति निर्माणदेखि विसर्जनसम्मकै क्रममा श्रमदान, आर्थिक सहयोग र सामूहिक सहभागिताले समाजलाई बलियो बनाउँछ । 

सजावटमा युवती – बालबालिकादेखि वृद्धसम्म सबैको योगदान हुने भएकाले यो धार्मिक मात्र नभई सांस्कृतिक उत्सव पनि बन्छ ।

भाेजपुरी साहित्य र लोकगीतमा देवीलाई चेलीका रूपमा सम्बोधन गरिएको पाइन्छ । दसैँमा गाइने सोहर गीतले छोरीलाई बिदा गर्दा हुने भावुकताझैं देवी विसर्जनको क्षणलाई जीवन्त अभिव्यक्ति दिन्छ । यसरी देवीलाई पूजा गर्ने र अन्त्यमा आँसुभरि बिदा गर्ने परम्पराले भक्ति र वात्सल्यबीचको अद्वितीय सम्बन्ध उजागर गर्छ ।

वेदकालमा मूर्ति पूजा नभए पनि उपनिषद् र पुराणकालसम्म आइपुग्दा यसको प्रचलन स्थायी बनेको देखिन्छ ।

विशेषगरी रामायणकालीन संस्कृतिको प्रभावका कारण नेपालमा देवी – देवतासँग पारिवारिक सम्बन्ध स्थापित गर्ने परम्परा अझै मौलाएको हो । 

सीता नेपालकी छोरी भएकै कारण यहाँ देवता वा देवीलाई ‘माइतीको सम्बन्ध’ भनी आत्मीयतापूर्वक सम्बोधन गर्ने परम्परा निरन्तरता पाएको हो ।

नेपालमा मूर्ति पूजा आस्था मात्र नभई सामाजिक सहजीवन र मानसिक शान्तिको स्रोत पनि हो । देवीलाई चेली मान्दा महिलाप्रति समाजमा हुने दृष्टिकोणमा समेत सकारात्मक प्रभाव परेको पाइन्छ । 

देवी – देवतासँग घरको सदस्यझैँ व्यवहार गर्दा धर्म केवल मन्दिर वा पूजा कोठासम्म सीमित रहँदैन, बरु घर–परिवार र दैनन्दिन जीवनमै घुलमिल हुन्छ ।

आजको डिजिटल युगमा समेत नेपालका युवाहरू सामाजिक सञ्जालमार्फत मूर्ति सजावट, पूजा, सोहर गीत र विसर्जनको क्षणलाई व्यापक प्रचार – प्रसार गर्छन् । 

यसले परम्परालाई आधुनिक रूप दिनुका साथै भविष्य पुस्तामा सांस्कृतिक चेतना जगाउने काम पनि गरिरहेको छ ।

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,25,crime,61,entertainment,2,health,8,main news,60,news,82,newspaper,7,newक,2,politics,23,sports,2,tech,3,world,4,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : दसैँको रौनक देशैभरी, माता दुर्गाका शक्तिपीठहरूमा भव्यता पूर्वक पूजा – आराधना
दसैँको रौनक देशैभरी, माता दुर्गाका शक्तिपीठहरूमा भव्यता पूर्वक पूजा – आराधना
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiC_Zn-BxIJEBfsxwGN7AZTrsnPEGFBUqS6uj_DSGRAlzq5KhejQabLx6hzeKd-WdBqwG2OkuQpe9fvVZNa-guv_lKr6Ci-fMe3OpUI6o1g3QnXF6h45kNOMBa5Euxq9Ev3o-jtW2GWcMfRMmAfN64Z6WDveuaTyMA6p9sBGvHQJn93Rb12CBt7s0EyITI/s320/mithila_p0C211Lbm5.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiC_Zn-BxIJEBfsxwGN7AZTrsnPEGFBUqS6uj_DSGRAlzq5KhejQabLx6hzeKd-WdBqwG2OkuQpe9fvVZNa-guv_lKr6Ci-fMe3OpUI6o1g3QnXF6h45kNOMBa5Euxq9Ev3o-jtW2GWcMfRMmAfN64Z6WDveuaTyMA6p9sBGvHQJn93Rb12CBt7s0EyITI/s72-c/mithila_p0C211Lbm5.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/09/blog-post_58.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/09/blog-post_58.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content