बीरगंज २ असाेज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई पार्टीबाट कारबाहीकालागि केन्द्रीय कार्यालयलाई सिफारिस गरिएको समाचार छ ।
मधेस प्रदेश जनमत पार्टी संसदीय दलका नेता महेश यादवले केन्द्रीय कार्यालयलाई कारबाहीकालागि सिफारिस गरेका छन् ।
पार्टी तथा प्रदेशको संसदीय दलले मुख्यमन्त्रीबाट फिर्ता हुन पटक पटक भने पनि मुख्यमन्त्री सिंह फिर्ता नभएको भन्दै संसदीय दलका नेता यादवले बिहीबार अनुशासनको कारबाही गर्न केन्द्रीय सचिवालयलाई सिफारिस गरेका हुन । मुख्यमन्त्री सिंहलाई पार्टीमा साधारण सदस्य समेत नरहने गरी कारबाहीकालागि सिफारिस गरिएको संसदीय दलका नेता यादवले जनाए ।
‘मुख्यमन्त्रीलाई फिर्ता आउन २४ घण्टाको समय दिएका थियौँ, त्यो समय हिजै सकिएको छ, तर उहाँ फिर्ता हुनुभएन अब पार्टीबाट नै कारबाही गर्ने गरी केन्द्रलाई सिफारिस गरेकाे उहाँले बताउनु भयाे ।
प्रतिक्रिया