बीरगंज ३० भदाै। नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छिन् । नवनियुक्त महान्यायाधिवक्ता भण्डारीले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरे लगतै पदभार ग्रहण गरेकी हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार महान्यायाधिवक्तामा नियुक्त गर्न सिफारिस गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी हुन् ।
प्रतिक्रिया