[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

सर्लाहीमा कर्फ्यु आदेश, कारागारमा उच्च सुरक्षा तैनाथ

580

 
सर्लाही २५ भदाै । सर्लाही जिल्लाभर अर्को आदेश जारी नहुन्जेलसम्मका लागि बुधबार बिहानदेखि कर्फ्यु आदेश जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बुधबार बिहान ८ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्म स्थाानीय प्रशासन ऐन, २०२८ को दफा (क) र (ख) बमोजिम जिल्लाभर कर्फ्यु आदेश जारी भएको जनायाे ।

कर्फ्युको समयमा आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, घेराउ र बैठक गर्न निषेध रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले बतायाे ।

प्रदर्शन तथा आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमाथि आक्रमण भइ जनजीवन अस्तव्यस्त भएको यस परिस्थितिलाई सहज बनाउन नेपाली सेनासहित सबै सुरक्षा निकाय परिचालन भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी गराउनुभयो । 

उहाँले सबै जना शान्त रही आ–आफ्नो घर÷स्थानमा सुरक्षित रहन अपिल गर्नुभएको छ ।

यसैबिच, सदरमुकाम मलङ्गवास्थित कारागारबाट बुधबार बिहान कैदीबन्दी भाग्न खोजेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । कारागारको चारै दिशामा व्यापक मात्रामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

कैदीबन्दीले कारागारभित्र आगजनीसमेत गरेका छन् । मलङ्गवा कारागारमा तपस्वी रामबहादुर बम्जनसहित ३७० जना भन्दा बढी कैदीबन्दीलाई राखिएको छ ।

कैदीबन्दीलाई साम्य पार्न प्रहरीले बारम्बार अश्रुग्यास प्रहार गरिरहेको छ । कैदीबन्दीले कारागारको माथिल्लो भागमा गरेको आगजनी मलङ्गवा नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिने काम भइरहेको कारागारका कर्मचारी असरफ हुसैन गद्धीले जनाउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डिएसपी० सरोज राईले कारागार सुरक्षाकर्मीको नियन्त्रणमै रहेको बताए । उहाँका अनुसार बुधबार जिल्लाको कुनै पनि स्थानमा प्रदर्शन भएको छैन । मङ्गलबारको प्रदर्शन, तोडफोड र आगजनीबाट भने व्यापक मात्रामा क्षति पुगेको छ । 

लालबन्दी, हरिवन, ईश्वरपुर, बागमती र बरहथवा नगरपालिकाको कार्यालयमा आगजनी भएका छन् ।

यि पालिकाका विभिन्न वडा कार्यालयहरुमा पनि आगजनीबाट क्षति पुगेको छ । जनप्रतिनिधि चढ्ने सरकारी गाडी आगजनीबाट क्षतिग्रस्त भएका छन् ।

लालबन्दी नगरपालिकामा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्ने तीनवटै गाडीसहित स्काभेटरमा समेत आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ । लालबन्दी, हरिवन र बरहथवाका नगरप्रमुखको निजी घरमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ ।

कबिलासी नगरपालिकास्थित प्रहरी चौकी कबिलासी विस्थापित भएको छ । नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा सवारी साधनमा व्यापक तोडफोड भएको छ ।

कफ्र्यू र प्रदर्शनपछिको त्रासका कारण जिल्लामा बुधबार पनि हाटबजार ठप्प रहेका छन् भने सवारी साधन सञ्चालन हुन सकेका छैनन् । शैक्षिक संस्था बन्द रहेका छन् । 

प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,25,crime,54,entertainment,2,health,8,main news,56,news,50,newspaper,6,newक,2,politics,23,sports,2,tech,3,world,4,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : सर्लाहीमा कर्फ्यु आदेश, कारागारमा उच्च सुरक्षा तैनाथ
सर्लाहीमा कर्फ्यु आदेश, कारागारमा उच्च सुरक्षा तैनाथ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj3nKQ3Tt5Jib1bULn7GmhIpfheAaPPyC4Jp_KX1y8332appO_w5vv074KSnj9dOu6IftcS4N5Az76TyBk7dthnj-XzPGCAPSFs5H59L5_sZ8y_FYWi6rumEM8zOPRz2YQG4y9_-MIfRDs1eAXOvs4co-SG7Mic-CoGR62P5CvVbBH_kHzHnoEbbcynLWA/s320/1111.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj3nKQ3Tt5Jib1bULn7GmhIpfheAaPPyC4Jp_KX1y8332appO_w5vv074KSnj9dOu6IftcS4N5Az76TyBk7dthnj-XzPGCAPSFs5H59L5_sZ8y_FYWi6rumEM8zOPRz2YQG4y9_-MIfRDs1eAXOvs4co-SG7Mic-CoGR62P5CvVbBH_kHzHnoEbbcynLWA/s72-c/1111.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/09/blog-post_93.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/09/blog-post_93.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content