
बीरगंज २ पुस । वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ५ महिनामा रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको समाचार छ ।
कार्यालयले गत आवको ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १२ अर्ब एक करोड बढी राजस्व सङ्कलन गरेको खबर छ ।
जबकी कार्यालयले गत आवको ५ महिनामा भने रु ८४ अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको थियो ।
वीरगंज भन्सार कार्यालयका कर्लेमचारीले चालु आवको ५ महिनामा राजस्व सङ्कलन उत्साह जनक रहेको जानकारी गराएका छन।
कार्यालयले मङ्सिर महिनामा रु २१ अर्ब ३३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले सो महिनामा मात्रै लक्ष्य रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको छ ।
चालु आवको ५ महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मङ्सिर महिनामा सङ्कलन भएको बताए ।
साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोज महिनामा रु १९ अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो ।
भने कात्तिक महिनामा रु १७ अर्ब ३३ करोड र मङ्सिर महिनामा रु २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ ।
भन्सार विभागले वीरगंज भन्सार कार्यालयालाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियाे ।
हालसम्मको ५ महिनामा वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन भएको कर्मचारीहरूले जनाएका छन ।




प्रतिक्रिया