बीरगंज २४ पुस । प्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच निर्वाचन केन्द्रित छलफल भएको समाचार छ ।
आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस विज्ञ राम बहादुर रावलका अनुसार प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच फागुन २१ गतेको निर्वाचनलाई भयरहित र निश्पक्ष ढङ्गले सम्पन्न गराउने विषयमा छलफल भएको छ ।
अध्यक्ष ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निश्पक्ष ढङ्गले सम्पन्न गराउन सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको प्रेस विज्ञ रावलले जानकारी गराउनुभयो ।
अध्यक्ष ओली प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यको साथमा बालुवाटार पुग्नु भएका थिए ।
उहाँले पार्टीका अन्य नेताहरुलाई साथमा लग्नु भएको थिएन । भेटवार्ता निर्वाचन सम्पन्न गराउनमै केन्द्रित रहेको भए पनि वर्तमान राजनीतिक विषयमा समेत सामान्य छलफल भएको रावल जनाए ।





प्रतिक्रिया