प्रधानमन्त्री बालेन्द्र शाहको आदेशमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो मार्फत पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, केपी शर्मा ओली, पुष्प कमल दाहाल, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई र झलनाथ खनालविरुद्ध सम्पत्ति शुद्धीकरणमा छानबिन गर्ने प्रक्रिया थालेको हो ।
यसैगरी मधेसवादी नेताहरू तथा पूर्वमन्त्रीहरू उपेन्द्र यादव, शरद सिंह भण्डारीलगायत नेताको पनि सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले प्रधानमन्त्रीको आदेशअनुसार नै पूर्व ६ जना प्रधानमन्त्रीसहित २३ जना उच्चपदस्थहरूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गर्ने गृहकार्य अघि बढाएको जनाएकाे छ ।
‘अब सिआईबीमार्फत सबै पूर्वप्रधानमन्त्री र उनीहरूका आफन्तहरूको सम्पत्ति छानबिन गर्ने प्रायोजनका लागि छिटोभन्दा छिटो पक्राउ पुर्जी जारी गरिने चर्चा छ।
सिआईबीले अदालतबाट पक्राउ पुर्जी लिनका लागि आवश्यक कागजी प्रक्रिया अघि बढाइएको जनाएको छ ।
स्रोतका अनुसार, प्रारम्भिक चरणमै करिब २३ जना प्रभावशाली नेता तथा व्यक्तिविरुद्ध पक्राउ अनुमति माग्ने तयारी भइरहेको छ ।
सिआईबीले यो प्रक्रिया अघि बढाइसकेको छ । सोहीअनुसार सिआईबीले कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई आइतबार बिहान पक्राउ गरी अनुसन्धान थालिसकेको छ ।
त्यसैगरी अब सम्पत्ति शुद्धीकरणमा पूर्व प्रधानमन्त्रीहरू देउवा, ओली, प्रचण्ड, भट्टराई, खनाल र नेपाल तथा पूर्वमन्त्रीहरू यादव र भण्डारी पनि छिट्टै पक्राउ पर्ने सम्भावना रहेको छ ।
उनीहरू सबैमाथि छिट्टै पक्राउ पुर्जी जारी हुने स्रोतको दाबी छ । पूर्वप्रधानमन्त्रीहरू अनुसन्धानको दायरामा तानिए राजनीतिक वृत्तमा ठूलो हलचल हुने चर्चा छ ।





प्रतिक्रिया