बीरगंज १४ चैत्र । पूर्व प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाइ प्रहरीले पक्राउ गरेकाे समाचार छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाइ उहाँकै निवासबाटै पक्राउ प्रहरीले पक्राउ गरेकाे छ ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक सूर्य बहादुर खड्काले जनाए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ बजे गुण्डु पुगेका थियो । ओलीलाई पक्राउ गरी काठमाडौँ लगिएको उहाँले बताउनुभयो ।
त्यसैगरी पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पनि प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आउनुभएका लेखकलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादर खड्काले जानकारी गराएकाे छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई पनि पक्राउ गरी काठमाडौँ लगेको छ ।





प्रतिक्रिया