बीरगंज १४ चैत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ८, शुक्रबारेबाट २५ केजी लागुऔषध गाजा सहित सुनसरी प्रहरीले गाजा सहित एक युवकलाई पक्राउ गरेको समाचार छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरी बलको बेस क्याम्प चतराको संयुक्त टोलीले चतराबाट शुक्रबारेतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्लास्टिकको बोरामा राखिएको गाँजा फेला पारेको हो।
पक्राउ पर्ने युवक देवानगञ्ज गाउँपालिका वडा नं. १ का २३ वर्षीय राकेश कुमार यादव रहेका छन।
यादवलाई मोटरसाइकल सहित नियन्त्रणमा लिइएको र इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको जनाएकाे छ।





प्रतिक्रिया