
बीरगंज ५ चैत्र। सामाजिक सञ्जालको दुरुपयोग गरी अश्लील फोटो तथा भिडियो सार्वजनिक गर्ने एक भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको समाचार छ।
भारतको मोतिहारी जिल्ला घर भएका २४ वर्षीय राज कुमार जैसवाललाई इन्स्टाग्राममा नक्कली खाता बनाएर अमर्यादित सामग्री पोस्ट गर्ने तथा ह्वाट्सएप मार्फत गालीगलौज गर्ने आरोपमा नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पीडितको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा अश्लील सामग्री फैलाइएको उजुरीपछि सूक्ष्म अनुसन्धान अघि बढाइएको थियो।
त्यसकै आधारमा मोरङ प्रहरीको टोलीले वीरगन्ज महानगरपालिका–१५ स्थित बसपार्क क्षेत्रबाट उनलाई फागुन ३० गते पक्राउ गरेको हो। पक्राउका लागि पर्सा प्रहरी सँग समन्वय गरिएको थियो।
लुकीछिपी बसिरहेको अवस्थामा फेला परेका जैसवाललाई थप कानुनी कारबाहीका लागि मोरङ ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी लिलाराज लामिछाने का अनुसार उनीविरुद्ध विद्युतीय ९साइबर० अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ।
मोरङ जिल्ला अदालतबाट म्याद थप गरी उनलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया