वीरगंज, १४ आषाढ । पशु क्वारेन्टाईन कार्यालय वीरगंजको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत "सुरक्षा निकाय लगायत सरोकारवालाहरुसँगको अन्तरक्रिया" कार्यक्रम आज आइतबार भव्यताका साथ सम्पन्न भएको छ।
पशु क्वारेन्टाईन कार्यालय वीरगंजको आफ्नै सभाहलमा आयोजित उक्त कार्यक्रम सोही कार्यालयका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डा. राकेश मोहन सिंहको अध्यक्षतामा संचालन भएको थियो।
कार्यक्रममा सीमा क्षेत्रमा हुने पशुपन्छी तथा पशुजन्य पदार्थहरूको अवैध ओसारपसार नियन्त्रण, क्वारेन्टाईन सम्बन्धी विद्यमान कानुनी व्यवस्था र यसलाई थप प्रभावकारी बनाउन सुरक्षा निकाय र सरोकारवाला निकायहरूबीच कसरी आपसी समन्वय र सहकार्य बढाउने भन्ने विषयमा विस्तृत छलफल भएको थियो।
उक्त महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण हे.क्वा. बीरगंजका सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र प्रकाश मल्ल, सशस्त्र प्रहरी नायब नीरीक्षक शिवशंकर पराजुली, प्रहरी चौकी - सिरिसियाका बरीष्ठ प्रहरी निरीक्षक मान बहादुर जिम्वा, वडा प्रहरी कार्यालय बीर्ताका प्रहरी सहायक निरीक्षक राम बिनेस कुमार यादव र रिपोटर्स क्लब नेपाल पर्साका अध्यक्ष एवं राष्ट्रिय दैनिक जन समर्पित पत्रिकाका प्रधान सम्पादक कन्हैया गुप्ता कार्यक्रममा सहभागी हुनु हुन्थ्यो ।
साथै कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ता, विभिन्न प्रहरी चौकीका प्रतिनिधि, सशस्त्र प्रहरी बलका जवान, पशु स्वास्थ्य प्राविधिक समीक्षा श्रेष्ठ, खुशराज प्रधुमी लगायत पशु क्वारेन्टाईन कार्यालयका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।






प्रतिक्रिया