कन्हैया गुप्ताबाट ।
वीरगञ्ज २२ श्रावण । वीरगञ्जको सौदागर आयल सेन्टरमा ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरिरहेको अवस्थामा प्रहरीले पेट्रोल पम्प सञ्चालकसहित सात जनालाई नियन्त्रणमा लिएको छ।
भारतको आईसीपी हुँदै नेपाल प्रवेश गरेको ना.७ ख १५३९ नम्बरको ट्याङ्करको सिल गरिएको हुक उचालेर तेल निकालिरहेको अवस्थामा बिहीबार साँझ छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा पम्प सञ्चालक ५५ वर्षीय सुनैन मियाँ, कर्मचारीहरू असलम हवारी र रफिक मियाँ तथा ट्याङ्करका चालक - सहचालकहरू केशर राम सुनार, मन्द सिंह लामा, सन्देश राना मगर र उमेश राना मगर रहेका छन्।
प्रहरीले ट्याङ्कर र चोरीमा प्रयोग गरिएका सामग्री नियन्त्रणमा लिई उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।





प्रतिक्रिया