ads
neelambads

नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन

 

बीरगंज २३ साउन । 

गृह मन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको खबर छ ।

गृह मन्त्रालयले विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना र जानकारीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads