ads
neelambads

चर्को व्याजमा ऋण लगानी गरेर ठगी गर्ने रौनियार पक्राउ

बीरगंज २३ साउन ।  

चर्को व्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोप लागेका सञ्जय साह रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । 

केही दिनअघि महोत्तरीको बर्दिबासबाट पक्राउ परेका ५२ वर्षीय रौनियारलाई त्यहाँबाट जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याइएको छ । 

ब्रह्मपुरी गाउँपालिका – ४, त्रिभुवननगर निवासी रौनियारविरुद्ध ठगी आरोपमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन ।

रौनियारले मिटरब्याजमा ऋण लगानी गरेर सयौँ सर्वसाधारणलाई बिल्लीबाठ बनाएको गुनासो वर्षौँ अघिदेखि आइरहेको थियो । 

सो गुनासोसहित प्रहरीमा उजुरी नै परेपछि लामो समयसम्म भारतमा लुकिछिपी बस्दै आएका रौनियारलाई प्रहरीले यो पटक भने पक्राउ गर्न सफल भएको छ । 

आइतबार आज सर्लाही जिल्ला अदालतबाट ६ दिन म्याद लिएर रौनियारमाथिको अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका निमित्त प्रमुख डिएसपी विजय यादवले बताउनु भयाे । 

पछिल्लो समय मधेशका जिल्लामा घर व्यवहार धान्न मिटरब्याजमा ऋण लिने विपन्न वर्गका मानिसहरू ऋण बुझाउन नसक्दा बिल्लीबाठ हुने क्रम बढेको छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads