बीरगंज ७ पुस । यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमति प्रमाण - पत्र नारायाणीको ट्रायल मैदानमा गत शुक्रबार भएको ट्रायल परीक्षामा परीक्षार्थी सम्मी अहमदले चलाएको ना. ५ च. ८० नम्बरको मारूती भ्यान अनियन्त्रित भइ लाइनमा उभेका परीक्षार्थी साबिर हवारीलाइ ठक्कर दिइएको थियो ।
सो ठक्करले परीक्षार्थी हवारीको खुट्टाको दुइवटै हड्डी भाँचेर चार टुक्रा परेको घाइते हवारीका काका शहरूम मियाले जानकारी गराए ।
निज हवारीको मेडीसिटी नारायाणी बयोद्धा हस्पिटलमा भाँचिएको खुट्टाको गत पुस ५ गते शुक्रबार राती ८ बजे अप्रेशन गरीयाे । अहिले हस्पिटलमा ड्रेसिङ्ग भइ रहेको छ । पछि घाउ ठिक भए पश्चात भाँचिएको खुट्टामा चिकित्सकले स्टिल फिट गर्ने घाइतेका काका हवारीले जनाए ।
घटना पश्चात प्रहरीले सम्मी अहमदलाइ पक्राउ गरी वडा प्रहरी कार्यालय श्रीपुरमा राखेको थियो । आज अहमद र हवारीका अभिभावक बिच सम्झादारी कायम गरी वडा प्रहरी कार्यालयबाट अहमदलाइ छुटाएको खबर जानकारी हुन आएको छ ।
ट्रायल मैदानमा घटना पश्चात यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमति प्रमाण - पत्र नारायाणीको ट्रायल टोली प्रमुख राम सुन्दर महतो कोइरीले प्रहरीलाइ खबर गरी अहमदलाइ जिम्मा लगाएका थिए ।
सो घटना लगतै अहमदका अभिभावकले हवारीलाइ नारायाणी अस्पतालको इमरजेन्सीमा उपचार गराइ मेडीसिटी नारायाणी बयोद्धा हस्पिटलमा पुरयाएका थिए । हाल सम्म मेडीसिटी नारायाणी बयोद्धा हस्पिटल उपचार जारी रहेको छ ।
यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमति प्रमाण - पत्र नारायाणीसँग ०७३ / १/ १७ गते भएको सम्झौता बमोजिम बीरगंज महानगरपालिका वडा नं. २६ स्थित भेइकलल्स एण्ड ड्राइभिङ्ग सोलुसन्स प्रा.लि. को मैदानमा सवारी ट्रायल हुँदै आएको छ ।
प्रतिक्रिया