०४६ साल जन आन्दोलन अगाडी देशमा संचालन रहेका साना ठुला गरी हजारौ कलकारखानामा लाखौं मजदुरहरूले काम पाएका थिए । सो काम गरे बापत मासिक तलबले आफ्ना घर परिवारको लालनपालन गरी छोराछोरीलाइ शिक्षित बनाएका थिए ।
त्यतिखेरको सरकारले राम्रो सिचाइको ब्यवस्था मिलाउनुकासाथै कृषि समाग्री संस्थानबाट मलखाद र बिउँको ब्यवस्था गरेको थियो ।
त्यही कारण किसानले पनि मज्जाले खेती गर्थे र आफुलाइ अवश्यकता अनुसार अन्न बाली घर भित्र्याउँथे र बाँकी अन्न बिक्री गर्थे । उक्त अन्न खरीद गर्नेले गोदाममा थुपार्ने र पछि सो ब्यापारीले बड्गलादेशमा निर्यात गरी आफ्नो ब्यावसाय फष्टयउँथे ।
पछि नेपालमा चिनि कारखाना स्थापना हुन थाले र उक्त चिनी कारखानाले आफ्नै खर्चमा किसानको खेतमा जे.टि.ए. खटाएर उखुको बिउँ र मल उपलब्ध गराउनुका साथै सो खेतमा लगाइएको उखु समेत ढुवानी गर्न लाग्याे ।
किसानलाइ उखुको रकम चिनी कारखानाले उपलब्ध गराउन थाल्यो किसानको उखुबाट आम्दनी बढ्न लाग्याे ।
यसैगरी चुरोट कारखानले पनि सुर्ती खेती शुरू गरायाे र किसानले सुर्ति खेतीबाट पनि आम्दनी गर्न लागे ।
हेटौडा औधौगिक क्षेत्रमा रहेको उधोगले दुध,घ्यु , कपडा लगायत माल समाग्री उत्पादन गर्न थाल्याे त्यसको बजार नेपालमा त पायो पायो भारतमा समेत पाउन लाग्यो ।
त्यसैगरी हेटौडा सिमेण्ट उधोग, गोरखकाली टायर उधोग लगायत नेपाली बजार बाहेक भारतिय बजार समेत ओगटेको थियो ।
देश बिस्तारै सुखी सम्पन्न हुदै अगाडी पाइला सार्न लागेको थियो । ०४६ सालको जन आन्दोलन शुरू भयो । लोकतन्त्रको स्थापना भयो ।
त्यसपछि बिस्तारै पछाडी पछाडी धकेलिदै गएकाे उधोग र कृषि पेशा नै बर्बादीकाे अन्तिम मोडमा आइ पुग्यो ।
०४६ साल पछि बीरगंज - पथलैया कोरीडोरको स्थिति पनि लगभग लगभग त्यस्तै त्यस्तै अन्तिम माेडमा रहेकाे छ । बिधुत प्राधिकरणकाे ट्रिपिङ्ग , भाेलटेज र लाेड सेडिङ्गले ।
बिदेशकाे बिकासका कथा
सन १९३० को मन्दीपछी, अमेरिकी अर्थशास्त्रीले कृषी र उद्धोगमा आम युवा परीचालनको योजना अगाडी ल्याए । लाखौं युवाहरू उत्पादनमा खटीए र मन्दीको समस्यालाई संभोधन गरे ।
जब क्यास्ट्रोले क्युवा मुक्त गरे, अमेरिकी कम्पनीहरुले उत्पादन बन्द गरे, उल्टै क्युवाको समुल अर्थतन्त्रको स्याबोटेज गर्ने षड्यन्त्र गरे ।
क्युवाले लाखौं युवा स्वयंसेवकहरु परीचालन गरि दसौं गुणा बढी उखु र चिनी उत्पादनको अभियान चलायो, पार्टीका नेता समेत यस्मा खटिए।
शोभियत युनियन सङ्ग चिनी दिएर पेट्रोलियम सट्टा गर्ने सन्धि भयो । कृषीको यश अभियानले क्युवालाइ अगाडि बढ्ने आधार तयार भयो ।
सन १९४९ मा नयाँ चीन स्थापित भएपछि, लाखौं युवाहरूलाई स्वयंसेवक भै उत्पादनमा सरीक हुन र रास्ट्र्को निर्माणमा योगदान गर्न आव्हान गरियो ।
दसौं लाख युवाहरूले कृषिमा किसानहरुलाई सहयोग गरे । सन १९५० मा चिनमा कृषि उत्पादन ४९५ का दरले बड्यो र १९५३ सम्ममा सम्पुर्ण जनतालाई पुग्ने गरि उत्पादन भयो ।
१९५० मा ८४०० देहब्यापार केन्द्रहरु बन्द गरि करीब २ लाख युवतीहरुलाई उद्योग मज्दुरमा सरिक गराइयो । लाखौं युवाहरूले १९५०मा चीनलाई सफापार्ने अभियान चलाए र सबै कुडाकरकट गार्बेज सफा पारे ।
के देशका युवालाइ परीचालित नगरी देशको आर्थिक बिकास गर्न संभब छ ?
लेखक ः कन्हैया गुप्ता
प्रतिक्रिया