बीरगंज ६ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका ४‚ चन्द्रपुरस्थित देउराली चोकबाट सशस्त्र प्रहरीले दुईवटा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको समाचार छ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका ६‚ बारा स्थायी घर भई मकवानपुरको हेटौंडा उपमहानगरपालिका १३‚ पदमपोखरी बस्ने २२ वर्षीय सुमन आचार्य छन्।
उनलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले शनिबार पक्राउ गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी गराउनु भयाे।
आचार्यको साथबाट दुईवटा इटालियन अटोमेटिक पेस्तोल, त्यसको दुई थान म्याग्जिन, १३ राउन्ड गोली र एक थान खुकुरी बरामद भएको थापाले बताउनु भयाे।
पक्राउ परेका उनलाई बरामद पेस्तोल तथा अन्य सामानसहित आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाउने तयारी भइरहेकाे छ।






प्रतिक्रिया