बीरगंज ६ मंसिर । बाराको निर्वाचन क्षेत्र नम्बर ४ का निवर्तमान प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ ( किसान ) ले आफ्ना कर्मचारी तथा कामदारप्रति भएको धम्कीपूर्ण व्यवहारप्रति आपत्ति व्यक्त प्रकट गर्नु भयाे ।
उनले सामाजिक सञ्जाल फेसबूकमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ४ औराहास्थित आफ्नो जलेको घरमा सुदन गुरुङ प्रवेश गरी धम्कीपूर्ण व्यवहार गरेको लेखेका छन् ।
भदौ २४ गते जलाइएको घर पुनर्निर्माण गरिरहेका आफ्ना कर्मचारी तथा कामदारलाई धम्क्याउँदै फेरि जलाउँछु भन्ने चेतावनी दिएको श्रेष्ठले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
मंसिर ३ र ४ गते सिमरामा भएका घटना प्रति गहिरो दु ः ख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
एमाले नेता श्रेष्ठले जेनजीका नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारसमक्ष माग गरेका छन् ।
सिमरा घटनाका घाइतेहरूको उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारसँग माग समेत उहाँले गरेका छन् ।






प्रतिक्रिया