
काठमाडौँ ६ मंसिर । नेता मोहनविक्रम सिंहले जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको जनाए । शनिवार काठमाडौँमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताए।
उहाँले अहिलेको सरकार जेन–जी आन्दोलनको परिणाम भएपनि आन्दोलन अमेरिकाबाट सञ्चालित रहेको जनाए ।
अमेरिकासँग सम्बन्धित व्यक्तिहरू नै सरकार बनाउने खेलमा सक्रिय रहेको उहाँको भनाइ छ । जेन–जी आन्दोलनको परिणाम र एनजिओ, आइएनजीओसँग सम्बन्धित व्यक्तिहरू अहिलेको सरकारमा रहेको बताए । विभिन्न पछिल्ला गतिविधिहरूले उनीहरूको चरित्रलाई उदाङ्गो बनाइदिएको जनाए ।
उहाँले भने ‘यो सरकार मूल रूपमा जेन–जी आन्दोलनको परिणाम हो । जेन–जी आन्दोलन मूल रूपमा अमेरिकाद्वारा सञ्चालित हो । त्यसका मान्छेहरू पनि बढी अमेरिकाप्रति सम्बन्धित, बार्बरा फाण्डेशनसँग सम्बन्धित छ । एनजिओ, आइएनजीओसँग सम्बन्धित छ ।
त्यसले आफ्नो चरित्रलाई उदाङ्गो बनाएको छ । यो जेन जी आन्दोलनलाई गलत तत्त्वहरूले बीचमा हाइज्याक गरे । जेनजी आन्दोलनभित्र गलत तत्त्वहरूको प्रयोग भएको छ । हाइज्याक गरेको छ । यसले मूल रूपमा जेन जी आन्दोलन रहेको छैन ।’
नेता सिंहले कुनैपनि देशको राजनीतिमा मूल भूमिका राजनीतिक दलहरूले नै खेल्ने जनाए ।





प्रतिक्रिया