बीरगंज २१ मंसिर। भारतीय भक्तजनले बाराको बरीयारपुर स्थित रहेको विश्व प्रसिद्ध महागढीमाई मन्दिरमा भाखल चढाउन आफु संगै बलिका लागी ल्याएकाे खसी, बोका, राङ्गा लगायत पशुपंक्षी सहित नेपालमा लिएर प्रबेश गर्ने क्रममा बाराको मटिहार्वा नाका नजिक रहेको भारतीय सिमामा तैनात एसएसबिका जवानहरुले बिहिबार सांझ देखि रोक लगाएका छन ।
भारतीय भक्तजनले महागढीमाई मन्दिरमा बलिका लागी ल्याउदै गरेको खसी, बोका, राङ्गा लगायत पशुपंक्षी बिहिबार सांझ देखि पक्राउ गर्दै भारतिय प्रहरी थानामा बुझाउदै गरेको भारतीय मेला दर्शानार्थीले जानकारी गराए ।
महागढीमाईको मेलामा आउने दर्शनार्थीलाई मात्र भारतीय एसएसबिका जवानहरूले नेपाल तर्फ पठाउदै गरेको भारतीय भक्तजनले बताए।
भारतको सुप्रीम कोर्टले ब़लि प्रथा रोक्न आदेश गरेकोले नै खसी, बोका, राङ्गा लगायत पशुपंक्षी सहित नेपाल प्रबेशमा रोक लगाएको सो मटिहार्वा नाका स्थित चर्चा रहेको थियो ।
प्रतिक्रिया