वीरगज १ माघ । पर्सादेखि रौतहटसम्म फैलिएको गण्डक नहरमा यस वर्ष पुस १५ गतेदेखि नै भारतले पानी छाडेपछि किसानले करिब अठार हजार हेक्टर क्षेत्रफलमा लगाएको गहुँबालीमा सिँचाइ गर्न सहज भएको समाचार छ ।
बीरगंज स्थित रहेकाे नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका अनुसार भारतले नहरको सुरुको विन्दुबाट पुस १५ गते छाडेको पानी पर्सा बारा हुँदै रौतहटको १३ नम्बर ब्लकसम्म पुस १९ गते पुगिसकेको थियो ।
सुरुमा कुनै घटना दुघर्टना नहोस् भनी नहरमा धेरै कम पानी छाडिने त्यसपछि बिस्तारै बढाएर ८५० क्युसेक पानी नेपाललाई भारतले दिने सम्झौता रहेको अनुकुल छाेडेकाे कर्मचारीले जनाए ।
अहिले भारतले छाडेको ४७५ क्युसेक पानी नहरमा आइरहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका कर्मचारीले बताए ।
पर्सा देखि रौतहटसम्म ८१ किलोमिटर लामो करिब ३७ हजार चार सय हेक्टर जग्गा सिँचाइ क्षमता रहेको गण्डक नहरको सिञ्चित क्षेत्रमा करिब २० हजार हेक्टरमा लगाइएको गहुँबालीमा नहरको पानी समयमै आएपछि सिँचाइका लागि सहज भएको जनाए ।
नहरमा भारतले धान बालीका लागि असार १५ देखि कात्तिक १५ सम्म र गहुँ बालीका लागि पुस १५ देखि फागुन १५ सम्म ८५० क्युसेक पानी छाेड्ने सम्झौता रहेकाे छ ।
किसानलाइ खेतमा लगाएको गहुँ बालीमा सिँचाइकालागि पानीको आवश्यकता रहेकाे समयमा नै गण्डक नहरमा आएको पानीले नहरको दक्षिणतर्फका किसानले सिँचाइ गरी रहेका छन् ।
विगतका वर्षमा भारतले गण्डक नहरमा समयमै पानी नछाड्दा किसान गहुँ बालीका लागि पम्पसेट, बोरिङबाट महँगो सिँचाइ गर्न बाध्य थिए ।
तर यस वर्ष समयमै नहरमा पानी आएपछि किसानका लागि पम्पसेट, बोरिङबाट महँगो सिँचाइ गर्नुपर्ने बाध्यता हटेको छ ।
प्रतिक्रिया