बीरगंज २८ माघ । कपिलवस्तुमा नक्कली प्रहरी सिआईडी बनेर ठगी गर्ने दुई जनालाइ प्रहरीले पक्राउ गरेकाे समाचार छ ।
पक्राउ पर्नेमा जिल्लाको बाणगङ्गा नगरपालिका वडा नं. २ पिपराका ३२ वर्षीय ऋषिराम घिमिरे र वडा नं. २ कप्टैयाका ३२ वर्षीय जीवन थापा रहेका छन ।
इलाका प्रहरी कार्यालय पिपराबाट आएका सि.आई.डि. हौँ तपाईँको घर कोठा खानतलासी गर्नु पर्ने छ । भन्दै एक स्थानीयको घरमा प्रवेश गरी खानतलासी गरी सत्र हजार लिई हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेकाे छ ।
घिमिरे र थापालाई बाणगङ्गा नगरपालिका वडा न. २ राजपुरस्थित खेल मैदानमा फेला पारी पक्राउ गरिएको प्रहरीले संचारकर्मीलाइ जनाए ।
पक्राउ परेका दुवै जनालाई ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले बताए।
प्रतिक्रिया