वीरगंज १२ असार। जिल्ला प्रहरी पर्साले ठुलो परिमाणमा लागु औषध चरेस बरामद गरेको समाचार छ । पर्सा जिल्लाको परवानीपुरबाट गएराति बुधबार ३१९ किलो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले जानकारी गराउनु भएकाे छ ।
परवानीपुरबाट सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २ – ०३ – ००१ ख ६३४८ नम्बरको ट्रकबाट चरेस बरामद गरिएको उहाँले बताउनु भयाे ।
बरामद चरेस भारततर्फ लैजान लागिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनायाे । उक्त चरेससहित प्रहरीले ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका वडा नं. १२ निवासी बुद्धि बहादुर स्याङ्तानलाई समेत पक्राउ गरेको छ ।
स्याङ्तानको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया