बीरगंज १५ असार । पर्सा,बारा र राैतहट जिल्लाका किसान बाहेक अन्य जिल्लाका किसानहरू असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाउँदै गरेका छन ।
तर पर्सा, बारा र राैतहट जिल्लाका किसानहरूकाे खेतमा पानी छैन । गण्डक नहरमा अहिले सम्म पानी आएकाे छैन । आकाशे पानी परेकाे छैन । खेतमा पानी नरहेका कारण खेत सिंचित हुन नसकेर धान राेपाइ शुरू भएकाे छैन ।
भुमिगत जलश्राेत तथा सिचाइ बिकास डिभिजन पर्साले बितरण गरेकाे ट्युवेलकाे साहाराले केही किसानका समुहहरूले खेतमा पानी सिंचित गरेर धान राेपाइ शुरू गरेका छन ।
बाँकी खेतहरूमा पर्सा, बारा र राैतहटका किसान खेत सिंचित गर्न गण्डक नहर र आकाशे पानीकाे पर्खाइमा छन ।
खेतिपातीकाे समयमा सरकारले बितरण गरेकाे मल र बिउँ ७० प्रतिशत पर्सा, बारा र राैतहटका किसानले नपाएर भारतबाट चाेरी निकासी गरेर ल्याउनु परेकाे छ ।
किसान वर्षभरकालागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । तर पर्सा, बाराका अधिकांश किसानहरू निराश भएर पानीकाे पर्खाइमा बस्नु परेकाे छ । सरकारकाे निति कागज र भाषणमा मात्र सिमित रहँदै आएकाे छ ।
सरकारकाे यही गलत नितिका कारण पर्सा, बारा र राैतहटका स्थानिय किसानहरू भारत लगायत खाडी मुलुक राष्ट्रहरूमा पेट पाल्नका निम्ति साहु महाजन कहाँ घर खेत चर्काे ब्याजमा बन्धक राखी मजदुरी गर्न बाध्य छन ।
प्रतिक्रिया