बीरगंज १५ असार । नेपाल सरकारले सजिलै प्रहरी परिचालन गरेर तराइमा गाँजा खेती उन्मुलन गरे जस्ताे पहाडमा राेपिएकाे गाँजा खेती उन्मुलन गर्न नसकेकै कारण नेपालबाट भारत तर्फ गाँजा तस्करी बन्द हुन नसकेकाे कुरा जानकारहरूले बताउने गरेका छन ।
नेपाली र भारतिय गाँजा ब्यापारीहरूकाे मिलाेमताेमा मकवानपुर, धादिङ्ग, पालुङ्ग लगायतका पहाडी क्षेत्रहरूमा ब्यापक गाँजा खेति हुँदै आइरहेकाे छ ।
साे पहाडी क्षेत्रमा उत्पादन गरीएकाे क्विन्टलका - क्विन्टल गाँजा सवारी साधनमा लाेड गरी नेपाल - भारतकाे सिमा हुँदै भारतकाे बिभिन्न शहरमा पुरयाइ बिक्री बितरण गरीदै आएकाे कुरा सर्वबिदितै छ ।
साेही क्रममा भुसमा छोपेर लैजाँदै गरेको पिक अप भ्यानबाट ठुलो परिमाणमा लागुऔषध गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
शनिबार वीरगंज र बाराको सिमा रहेको गण्डक चोकबाट प्रहरीले २ क्विन्टल भन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।
गाँजासहित पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका वडा नम्बर–४ निवासी रवि कार्की, वडा नम्बर १२ निवासी वीरबहादुर मोक्तान तथा हेटौँडा १४ निवासी साजन मोक्तान र धादिङ खाक्रे गाउँपालिका निवासी महेश तामाङ रहेका छन् ।
प्रहरीको विशेष टोलीले बागमती प्रदेश ३–०१–२४ च ४६३० नम्बरको पिकअपबाट २ क्विन्टल १२ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डित जनाए ।
उहाँका अनुसार गाँजा तस्करी भइरहेको भन्ने सूचना बमोजिम प्रहरीले जाँच गर्दा उक्त गाँजा फेला परेको हो । प्रहरीले गाँजासहित पिक अप र बागमती प्रदेशको २–०२७ प २७०० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
बरामद गाँजा, पिक अप, मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको छ।
उनीहरूमाथि लागु औषध सम्बन्धीको मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी गराएको छ ।
प्रतिक्रिया