वीरगंज १६ असार । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाका ६ सय भन्दाबढी भूमिहीन सुकुम्वासीलाई जग्गाको निस्सा वितरण गरिएको समाचार छ।
सोमबार वडा नम्बर १ र २ का गरी ६ सय २१ जना सुकुम्वासीलाई जग्गाको निस्सा वितरण गरीएकाे छ।
भूमि सम्बन्धी समस्या समाधान आयोग पर्साको सहकार्यमा सखुवा प्रसौनी गाउँपालिका स्तरीय सहजीकरण समितिले आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष जसवन्त यादव र आयोग पर्साका अध्यक्ष तबरेज अहमदले संयुक्त रुपमा वडा नम्बर १ का ४ सय ३१ जना र वडा नम्बर २ का १ सय ९० जना गरी ६ सय २१ सुकुम्वासीहरूलाई निस्सा वितरण गरेका छन्।
गाउँपालिकाका अध्यक्ष यादवले सखुवा प्रसौनी गाउँपालिकाका सुकुम्वासीहरूलाई निस्सा वितरण कार्य सोमबार देखि सुरु गरिएको जनाए।
उहाँले सोमबार २ वटा वडाका सुकुम्वासीलाई निस्सा वितरण गरिएको र बाँकी ४ वटा वडाका सुकुम्वासीहरूलाई पनि छिट्टै वितरण गरिने जानकारी गराएका छन ।
प्रतिक्रिया