बीरगंज १९ असार । वीरगंजमा भन्सार छली गरी लुकाइ राखेको १८ लाख ५० हजार रूपैयाँ बराबरकाे कपडा सशस्त्र प्रहरी बलले छापामारी गरी बरामद गरेको छ।
विशेष सूचनाका आधारमा स्थानीय घरमा छाप मार्दा १८ लाख ५० हजार बराबरको सामान्य कपडा नियन्त्रणमा लिइका छन।
शास्त्र प्रहरी बल, नेपाल नं. १३ हेडक्वाटर पर्सा र वीरगंज भन्सार कार्यालयको संयुक्त टाेलीले वीरगंज महानगरपालिका वडा नं. १, छपकैया र नदिया टोलका विभिन्न घरमा लुकाइ छिपाई राखेको गणले उक्त कपडा बरामद हाे।
गण सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहका अनुसार, भारतबाट तस्करी गरी ल्याइएका कपडाहरू बाहिर पठाउने तयारी भइरहेकाे विशेष सूचना पाएपछि संयुक्त सदस्यले छापामारी गरेकाे थियो।
'तस्कर समूहले भन्यो छलेर ल्याई स्थानीयको घरमा भण्डारण गरेकाे थियो,' डीएसपी सिंहले भने, 'सूचनाको आधारमा पहिलो पटक कारबाही अगाडि हामीले बढाएका हौं।'
बरामद सबै कपडाहरू आवश्यक र कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको डीएसपी सिंहले जानकारी दिए।
प्रतिक्रिया