बीरगंज २३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख रूपैयाँ घुसकाे रकम सहित रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष जनार्दन यादवलाई पक्राउ गरेको समाचार छ ।
योजनाहरूको निर्माण कार्य सम्पन्न पश्चात् भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाइ गरी रू. ३ लाख घुस लिने क्रममा उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाए । उनलाई थप अनुसन्धानकालागि कारबाही सुरु गरीएको छ ।
प्रतिक्रिया