बीरगंज २४ असार। नेपाल – चीन जोड्ने मितेरी पुल भीषण वर्षासँगै आएको बाढीले बगाएको खबर छ ।
प्रतिनिधि सभाका सांसद मोहन आर्चायले सोमबार राति लेन्दे खोलामा आएको बाढीले नेपाल – चीन जोड्ने मितेरी पुल बगाएको जानकारी गराउनुभएकाे छ। लेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिएर बगिरहेकाे छ।
यसैगरी रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले पुल बगाएपछि रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएछ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुरयाएको छ । त्यहाँ जाँचपासकालागि राखिएका गाडीहरु समेत बगाएको छ ।
यस्तै भन्सारको यार्ड (ड्राइपोर्ट) मा रहेका गाडीमध्ये अधिकांश बाढीले बगाएको चर्चा छ ।
उहाँका अनुसार ड्राइपोटमा काम गर्ने केही ड्राइभर, मजदुरलाई पनि बाढीले बगाएको हुनसक्ने आशंका गरीएकाे छ ।
उहाँले समग्रमा क्षति ठूलो भएको र घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना सङ्कलन गर्ने काम भइरहेको जनाउनुभयो ।
प्रतिक्रिया