वीरगंज ३ भदाै । वीरगंज कारागारमा १ हजार कैदी बन्दी बस्ने गरी निर्माण गरीएकाे कारागारमा अहिले कैदी र थुनुवा गरी १ हजार ३ सय १० जनाभन्दा बढी बसेकाे समाचार छ ।
कारागारको भौतिक संरचना एकातिर जीर्ण बन्दै गएकाे छ भने अर्काे तिर कैदी र थुनुवाको सङ्ख्या दिन प्रतिदिन थपिनाले उक्त कारागार भित्र प्रचण्ड गर्मीमा पनि कैदी बन्दी र थुनुवाहरू काेचिएर बस्न बाध्य भएका छन । कारागारलाइ व्यवस्थापनमाथप चुनौती थपिएको खबर छ ।
जिल्ला कारागार पर्साका प्रमुख खिमराज भुसालका अनुसार कारागारको क्षमताभन्दा धेरै कैदी र थुनुवा हुँदा व्यवस्थापनमा समस्या भएको संचारकर्मीलाइ बताउनु भयाे । विसं २०२९ देखि वीरगंज कारागार सञ्चालन हुँदै आएको रेकर्ड भेट्टिन्छ ।
पुरानो खालको संरचना तथा धेरै कैदी र थुनुवाको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहँदै आएको जनाए । खुला ठाउँमा कारागार भएको भए व्यवस्थापनमा पनि धेरै सहज हुने थियो । तर तोकिएको क्षमताअनुसार कैदी र थुनुवा हुँदा व्यवस्थापनमा सहज हुने बताए ।
जिल्ला प्रशासन कार्यालय र कारागार व्यवस्थापनले वीरगंजको चिनी मिल क्षेत्रमा कारागारका लागि १८ बिघा क्षेत्रफलमा सार्ने योजना गरे पनि अहिलेसम्म मूर्तरूप लिन नसकेको भन्नु भयाे । वीरगंज कारागारमा स्वदेशी र विदेशी गरी थुनुवा र कैदी गरेर १ हजार ३ सय १० जना छन् ।
यसमा स्वदेशी महिला कैदी पाँच, महिला थुनुवा ४२ र छ वर्षमुनिका दुई जना आश्रित बालिका छन् ।
त्यस्तै स्वदेशी पुरुष कैदी र थुनुवाको सङ्ख्या भने एक हजार ४६ जना रहेका छन् । त्यस्तै विदेशी थुनुवा र कैदीतर्फ एक सय ९९ छन् भने विदेशी महिला थुनुवा र कैदी भने १६ जना रहेका छन् ।
वीरगंज कारागारमा विशेषगरी पर्सा र बारा जिल्लामा अपराध गरेर अदालतबाट दोषी ठहर भएका र अदालतबाट पुर्पक्ष थुनुवामा पठाएकालाई कैदी र थुनुवा राख्ने गरिन्छ । वीरगंज कारागारमा कैदी ३ सय २९ जना रहेका छन् भने थुनुवा नौ सय ७९ जना छन् ।
कारागार प्रमुख भुसालले कारागारमा रहेका कैदी तथा थुनुवामा कहिलेकाहीँ मौसमी प्रकृतिका बिरामी देखापर्ने जनाउनुभयो । “यहाँका थुनुवा तथा कैदीबन्दीमा प्रायःजसो मौसमी प्रकृतिका बिरामी देखा पर्छन्”, उहाँले भन्नुभयो, “सामान्य खालका उपचार यहाँ कार्यरत स्वास्थ्य सहायकले गर्नुहुन्छ भने अन्य बिरामीलाई भने नारायणी अस्पतालमा उपचारको लागि पठाइन्छ ।” कारागार परिसरमा करिब ४७ शौचालय रहेका छन् भने थुनुवा र कैदीले आलोपालो शौच गर्नुपर्ने बाध्यता रहेकाे जनाए ।
प्रतिक्रिया