वीरगंज २२ भदाै । वीरगंजकाे ठाकुर राम बहुमुखी क्याम्पसमा नक्कली परीक्षार्थी पक्राउ परेकाे समाचार छ ।
ठाकुर राम बहुमुखी क्याम्पसमा नक्कली परीक्षार्थीले आफ्नाे बुवाको सट्टा आफै परीक्षा दिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
आइतबार क्याम्पसमा सञ्चालित मानविकी संकायको राजनीति शास्त्र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षामा सिम्बोल नम्बर १५२७०२३ का परीक्षार्थी मोहम्मद शहाबुद्दीनको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर माेहम्मद अफताबले परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरीएका हुन ।
नक्कली परीक्षार्थीको सूचना प्राप्त भएपछि परीक्षा हलमा चेकजाँच गर्दा घटना बाहिर आएको हो ।
क्याम्पस प्रमुख मोहन यादवका अनुसार, अफताबलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बिर्ताको जिम्मा लगाइएको खबर छ ।
पक्राउ परेका अफताब र नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाउने शहाबुद्दीन दुवैमाथि त्रिभुवन विश्वविद्यालयको सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा २७० (क) अनुसार कारबाही हुने उहाँले जनाए ।
पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रले माेहम्मद अफताबलाई वडा प्रहरी कार्यालय बिर्तामा राखिएको र थप अनुसन्धान भइरहेको बताए ।
शहाबुद्दीन र उनका छोरा अफताब वीरगंज महानगरपालिका वडा नं. ३ छपकैयाका बासिन्दा हुन् ।
घटनाले परीक्षाको निष्पक्षता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ । क्याम्पस प्रशासनले आगामी दिनमा यस्ता घटना रोक्न कडा निगरानी गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया