वीरगंज २८ भदाै । जेन – जी आन्दोलनका क्रममा काठमाण्डाैमा ज्यान गुमाएका वीरगंजका एक युवाको अन्त्येष्टि गरिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १२ मुर्लीका २२ वर्षीय असाहव आलम ठकुराईको आज अन्त्येष्टि गरिएको छ । ठकुराईको काठमाडौंमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
गत मंगलबार बिहान करिब १० बजे मोबाइलमा अन्तिम पटक आमा नाजला खातुनसँग सम्पर्क गरेका आलम त्यसपछि सम्पर्क विहीन भएका थिए ।
त्यसपछि आफन्त र सामाजिक सञ्जाल मार्फत खोजी गर्दा उनी आन्दोलनमा गोली लागेर घाइते भएको र उपचारका क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको थियो । उनी काठमाडौंमा पठाओ राइडरमा काम गर्दै होटल म्यानेजमेन्ट बिषय लिएर काठमाण्डाैमा पढ्दै थिए ।
प्रतिक्रिया