बीरगंज २८ भदाै । सन्तानको प्रगति अनि सु - स्वास्थ्यको कामना सहित मधेश प्रदेशमा आज देखि विधिवत् रूपमा जितिया पर्व शुरू भएकाे छ।
बिहानै नदी, ताल, तलैया पोखरी लगायतका जलाशयमा गई स्नान गरि व्रतालुले सरसोको तेल, पिना सहितको पूजा सामग्री सूर्य देवतालाई अर्घ्य देखाएर व्रतको सङ्कल्प गरेका छन्।
आमाहरूले आफ्ना सन्तानको दीर्घायुका लागि कामना गर्दै यो पर्वको दर भने आज मध्यरातमा ग्रहण गरिनेछ। मध्यरातमा दही, च्युरा, मिठा अमोट लगायतका परिकार खाने चलन रहेको छ।
यो पर्वमा थुक समेत ननिल्ने तथा कुनै सामग्री भाँच्ने वा काट्न नपाइने कडा नियम रहेकाे छ। यो पर्व पञ्चाङ्गका आधारमा व्रतको टुङ्गो गरिने परम्परा छ।
यो पर्वमा व्रतालुले राजा जित वाहनको कथा सुनेर आफ्ना पुत्र उनी जस्तै परोपकारी र साहसी होऊन् भन्ने कामना गर्ने गरीन्छ।
भनिन्छ द्वापर युगमा एक जना विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन ( देवरूप ) ले आफ्नो आर्जित तप शक्तिबाट बचाइ दिएको पौराणिक ग्रन्थमा उल्लेख रहेका छन्।
सोही लोक कथाको आधारमा द्वापर युग देखि नै यो कठोर व्रत बस्ने परम्परा चल्दै आएको हाे।
प्रतिक्रिया